२२ भदौ २०८३, सोमबार | September 7, 2026

शाहरूखको जवान दोस्रो दिनमा नै १०० करोडको क्लबमा



मुम्बई । शाहरुख खानको जवान कस्तो छ ? जवानको बक्स अफिस कलेक्शन कस्तो छ ? के जवान हिट हो ? जवानले १०० करोड रुपैयाँ कहिले पार गर्नेछ ? शाहरुख खानको ‘जवान’ रिलिज भएपछि यस्ता प्रश्नहरु धेरै सुनिन थालेका छन् ।

यद्यपि किङ खानले पनि फ्यानको यी प्रश्नको उत्तर दिदै बक्स अफिसमा पहिलो दुई दिनमै १०० करोडको क्लबमा सामेल भएको छ ।

यति मात्र होइन, पहिलो दिनको तुलनामा फिल्मको कमाई भने कम छ । तर शाहरुख खानको फिल्मले विश्वभर राम्रो कलेक्सन गरेको छ, त्यसपछि फिल्मले पहिलो साताको अन्त्यमा कति कमाई गर्छ त्यो हेर्नु रोचक हुनेछ ।

बक्स अफिस ट्रयाकर सचनिल्कको प्रारम्भिक तथ्याङ्क अनुसार जवानले दोस्रो दिन ५३ करोड भारु कमाएको छ, त्यसपछि भारतमा फिल्मको कलेक्सन १२७.५० करोड भारतीय रुपैयाँ बराबर पुगेको छ । ५३ करोड मध्ये ४७ करोड हिन्दी भाषाको छ। तर, यो आंकडा पनि ५० करोड भारतीय रुपैयाँ हुनसक्ने अनुमान छ ।

कमाईको कुरा गर्ने हो भने जवानले पहिलो दिन ७४.५ करोड भारतीय रूपैयाँ कमाएको थियो, जसमध्ये फिल्मले हिन्दीमा ६५.५ करोड, तमिलमा ५.३ करोड र तेलुगुमा ३.७ करोड कमाएको थियो । यो कमाईसँगै बलिउड फिल्म उद्योगमा अहिलेसम्मकै सबैभन्दा धेरै कमाउने पहिलो हिन्दी फिल्मसमेत बनेको छ ।

शाहरुख खानको जवानमा नयनतारा, विजय सेतुपति, सान्या मल्होत्रा, प्रियामणी, योगी बाबु, सुनील ग्रोवर र रिद्धि डोगरा महत्वपूर्ण भूमिकामा छन् । जहाँ दीपिका पादुकोण र सञ्जय दत्तको जबरदस्त क्यामियो देखिएका छन् ।

प्रकाशित मिति : २३ भदौ २०८०, शनिबार  ९ : ३२ बजे

बाढी प्रभावित बालबालिकाको शिक्षाका लागि एक अर्बको छात्रवृत्ति

काठमाडौँ । भोटेकोशी बाढीबाट प्रभावित विद्यार्थीको शिक्षाका लागि सरकारले करिब

भन्सार छलेर बजार पुर्याइएको लाखौको मोबाइलसहित १ जना प्रहरी नियन्त्रणमा

नेपालगन्ज । बाँकेको नेपालगन्जमा भन्सार छलेर मुख्य बजारमा पुर्याइएको लाखौं

इन्टरपोल दिवसः बाढीमा दिवङ्गत भएकाको सम्झनामा दीप प्रज्वलन

काठमाडौँ । यही भदौ १० गते भोटेकोशी नदीमा आएको बाढीमा

भोटेकोसी बाढीमा हराइरहेका मानिस खोज्न सरकारले कुनै कसर बाँकी राखेको छैन : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले भोटेकोसी बाढीमा हराइरहेका मानिसहरुको खोज

भोटेकोशी बाढी : एक हजार ३५६ शव फेला, चार हजार ९९४ जना सम्पर्कविहीन

काठमाडौँ । रसुवा बाढीमा परी मृत्यु भएकामध्ये हालसम्म एक हजार