३० बैशाख २०८१, आइतबार | May 12, 2024

तिङ्करमा सशस्त्र प्रहरीको पोष्ट स्थापना



दार्चुला । चीनको स्वशासित क्षेत्र तिब्बत नजिक दार्चुलाको तिङ्करमा सशस्त्र प्रहरी बल नेपालको बोर्डर आउट पोष्ट (बिओपी) स्थापना गरिएको छ ।

व्यास गाउँपालिका–१ तिङ्करमा स्थापना गरिएको उक्त पोष्टको सशस्त्र प्रहरी बलका अतिरिक्त महानिरीक्षक (एआइजी) वंशीराज दाहाल र दार्चुलाका प्रमुख जिल्ला अधिकारी किरण जोशीले संयुक्त रुपमा उद्घाटन गरेका छन् ।

पोष्ट स्थापनाका लागि एआइजी दाहाल र प्रमुख जिल्ला अधिकारी जोशी नेतृत्वको टोली भारतको बाटो हुँदै तिङ्कर पुगेको थियो । तिङ्करको छयालेकमा स्थापना गरिएको उक्त पोष्टमा सशस्त्र प्रहरी निरीक्षक जनक पौडेलको नेतृत्वमा २० जनाको टोली सुरक्षार्थ खटिएको सशस्त्र प्रहरी बल नेपाल नं ४४ गण दार्चुलाका सशस्त्र प्रहरी उपरीक्षक डम्बरबहादुर विष्टले जानकारी दिए ।

विशेषगरी चीन सीमा नजिक उक्त क्षेत्रबाट सीमामा हुने अपराध नियन्त्रण, लागूऔषध ओसारपसारलगायत गतिविधि नियन्त्रण गर्न तथा सीमा क्षेत्रको निगरानीका लागि पोष्ट स्थापना गरिएको सशस्त्र प्रहरी उपरीक्षक विष्टले बताए । दार्चुलाको उत्तरी क्षेत्र व्यासमा सशस्त्र प्रहरीको एउटा गुल्मसहित चारओटा पोष्ट स्थापना भएका छन् ।

प्रकाशित मिति : २३ भाद्र २०८०, शनिबार  ४ : ५९ बजे

राष्ट्र बैंक रिपोर्ट : महंगी घट्यो

काठमाडौं । चैत्र महिनामा महंगी घटेको छ । नेपाल राष्ट्र

लुम्बिनीका दुई प्रदेश सांसद जसपामा खुले

बुटवल । लुम्बिनी प्रदेश सभाका दुई सांसद नवगठित जनता समाजवादी

सभामुखले बोलाएको बैठक बिना निष्कर्ष सकियो, कांग्रेसको अडान यथावत

काठमाडौं । सभामुख देवराज घिमिरेले बोलाएको प्रमुख दलका प्रमुख सचेतक,

लुम्बिनी प्रादेशिक अस्पतालमा मनाइयो २०४ औं नर्सिङ दिवस

बुटवल । नेपाल नर्सिङ संघ बुटवल शाखाको आयोजनामा आइतबार २०४

मधेश सरकारबाट बाहिरियो माओवादी

जनकपुरधाम । नेकपा माओवादी केन्द्रले मधेश प्रदेशको सरकार छोडेको छ