९ बैशाख २०८३, बुधबार | April 22, 2026

जी-२०सम्मेलनको बीचमा अतिथि राष्ट्र चीन विरुद्ध प्रदर्शन, ‘सफल नहुने मिसन’



काठमाडौं । भारतको राजधानी नयाँ दिल्लीमा जी २० को शिखर सम्मेलन चलिरहेको छ । शनिबारदेखि जारी जी–२० सम्मेलन आज आइतबार सकिँदैछ ।

नयाँ दिल्लीको केन्द्रमा रहेको प्रगति मैदानस्थित भारत मण्डपमा भैरहेको जी–२० शिखर सम्मेलनमा सदस्य राष्ट्रहरुबीच दिल्ली घोषणापत्रमा सहमति भएको छ । घोषणापत्र बलियो, दिगो, सन्तुलित र समावेशी वृद्धि, दिगो विकास लक्ष्यमा प्रगतिको गति, दिगो भविष्यका लागि हरित विकास सम्झौता, २१औँ शताब्दीका लागि बहुपक्षीय संस्थाहरू र बहुपक्षवादलाई पुनर्जीवित गर्नेमा केन्द्रित छ ।

तर जी–२० सम्मेलनस्थलबाट केही किलोमिटर टाढा मजनुका टिला क्षेत्रमा भने अस्वभाविक गतिविधि देखिएको छ । जी–२० को एक मुख्य सदस्य राष्ट्र चीन विरुद्ध गरिएको गतिविधिप्रति धेरैले नदेखे जस्तो गरेपनि चीन स्वयंले भने यसलाई ‘नोटिस’मा लिएको छ ।

जी–२० को सम्मेलनमा आएका चिनिया अतिथि विरुद्ध चीनबाट भागेर भारतमा निर्वासित तिब्बतीहरुले प्रदर्शन गरेका छन् । चीनबाट तिब्बतलाई अलग राष्ट्र बनाउने योजना बनाएका पृथकतावादी तिब्बतीहरुले मजनुका टिलामा शुक्रबार, शनिबार प्रदर्शन गरेका छन् । उनीहरुले चीनले तिब्बतमाथि अतिक्रमण गरेको आरोप लगाउँदै तिब्बत स्वतन्त्रताको पक्षमा नारावाजी गरे । तिब्बतीयन युथ कांग्रेसका केही दर्जन सदस्यहरुले चिनियाँ प्रतिनिधिमण्डल विरुद्ध गरेको प्रदर्शनलाई आयोजक राष्ट्र भारतले भने नियन्त्रण गर्न चाहेन ।

६ दशक पहिले चीनबाट भागेर आएका दलाई लामा र उनका समर्थकहरुलाई भारतले आश्रय दिँदै आएको छ । भारतले बेलाबेलामा चीन विरुद्ध तिब्बत कार्ड खेल्ने गरेको छ । स्वतन्त्र तिब्बत पक्षधरहरुले भारतमा विभिन्न समयमा चीन विरुद्ध प्रदर्शन गर्दै आएका छन् ।

तर जी–२० को आयोजक राष्ट्र भारतले अतिथि राष्ट्र चीन विरुद्ध भएको प्रदर्शनलाई नरोकेर अन्तराष्ट्रिय शिखर सम्मेलनको बीचमा पनि तिब्बत कार्ड खेलेको हो कि भन्ने प्रश्न चिनियाँहरुको मनमा उब्जाइदिएको छ । जी–२० जस्तो बहुपक्षीय फोरमलाई कुनै सदस्य राष्ट्र विरुद्ध तुष्टिकरणको राजनीति गर्न खोज्नुलाई कुटनीतिक मामिला जानकारहरुले पनि राम्रो मानेका छैनन् ।

तिब्बती प्रदर्शनकारीले जी–२० का पश्चिमा अतिथिहरुको ‘अटेन्सन’ हासिल गर्न चीन विरुद्ध प्रदर्शन गरेका हुन् । यद्यपी,
तिब्बतीहरुले पछिल्लो समय चीन विरुद्ध गतिविधि बढाउन खोजेपनि त्यो सफल देखिएको छैन । स्वतन्त्र तिब्बतको गतिविधिलाई अमेरिका लगायतका पश्चिमा राष्ट्रहरुले मलजल गरिरहेका छन् । उनीहरुको राजनीतिक एवं कुटनीतिक भरथेग र पूर्ण आर्थिक सहयोगमा ६ दशकदेखि संचालित स्वतन्त्र तिब्बत अभियान भने कहिल्यै सफल हुनसक्ने अवस्था भने छैन ।

 

प्रकाशित मिति : २४ भदौ २०८०, आइतबार  ९ : १५ बजे

विश्व मातृ पृथ्वी दिवस : दिगो भविष्यका लागि सामूहिक प्रयासको आह्वान

काठमाडौं । दिगो भविष्यका लागि सामूहिक प्रयासको आह्वान गर्दै आज

सुनचाँदीको मूल्यमा सामान्य गिरावट

काठमाडौं । स्थानीय बजारमा आज सुनचाँदीकोे मूल्यमा सामान्य गिरावट भएको

दुई महिनापछि ढोरपाटनमा दादुरा सङ्क्रमण रोकथाम

बागलुङ । गत फागुन ८ गते ढोरपाटन नगरपालिका–७, ८ र

ईरानमाथि बमबारी गर्ने धम्की दिएका ट्रम्पले किन बढाए युद्धविराम ?

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ईरानसँगको युद्धविराम अनिश्चितकालका लागि बढाउने निर्णय

सरकारी गाडीको ठक्करबाट गैँडाकोटमा पैदलयात्रीको मृत्यु

नवलपुर । नवलपरासी (बर्दघाट सुस्तापूर्व)को गैँडाकोट नगरपालिका–१० सिस्नेस्थित पूर्वपश्चिम राजमार्गमा