२० श्रावण २०८३, बुधबार | August 5, 2026

मुलुकमा भ्रष्टाचार संस्थागत हुँदै गयो : प्रवक्ता बास्तोला



बुटवल । क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपालका प्रवक्ता धमेन्द्र बास्तोलाले मुलुकमा भ्रष्टाचार संस्थागत हुँदै गएको भन्दै चिन्ता व्यक्त गरेका छन् । ठूला राजनीतिक पार्टीहरुले नै भ्रष्टाचारलाई संस्थागत गरी कोही पनि कारबाहीमा नपर्ने वातावरण निर्माण गरिरहेको टिप्पणी गरे ।

बुटवलमा आइतबार आयोजित पत्रकार सम्मेलनमा बोल्दै बास्तोलाले ठूला भ्रष्टाचारका काण्डहरुलाई सरकारले चर्चा कमाउन बाहिर ल्याएपनि दोषीसम्म पुगेर कारबाही नगरेको र नेताहरुलाई उन्मुक्ति दिने काम भएको उल्लेख गरेका छन् । मुलुकको संविधान र कानून नबदलेसम्म ठूला भ्रष्टाचारमा कोही पनि कारवाहीमा नपर्ने र यो क्रम निरन्तर चलिनै रहने उनले बताए ।

यसैगरी माओवादी केन्द्रसहितका दलहरु मिलेर बनेको समाजवादी मोर्चा औचित्यहीन गठबन्धन भएको बताए । उक्त मोर्चा संसदवादलाई संस्थागत गर्न मात्रै प्रयोग भएकाले छिटै पतन हुने दावी गरे । आगामी चुनावसम्म यो मोर्चा कायम रहेर चुनावमा गए एक सिट पनि नजित्ने उनको दावी छ ।

यो मोर्चा पतनको बाटोमा छ, चुनावमा गए एक सिट पनि जित्दैन भनेर प्रचण्डलाई पनि भनिदिएको बास्तोलाले बताए ।प्रवक्ता बास्तोलाले अहिलेको संसदीय व्यवस्थामा नेत्रविक्रम चन्द विप्लव प्रधानमन्त्री भएको खण्डमा प्रचण्ड भन्दा पनि खराब भएर निस्कने आरोप लगाए ।

नेता बास्तोलाले राष्ट्रिय स्वतन्त्र पार्टी लगायत नयाँ दलहरुले पनि देश चलाउन नसक्ने बताए । उक्त पार्टीका अध्यक्ष रवि लामिछानेमाथि अमेरिकामा रहँदा बैंक ठगी लगायत थुप्रै मुद्दा रहेको जिकिर गर्दै बास्तोलाले उनी नेतृत्वको पार्टी देशका समस्याहरुको समाधान नभएको बताए ।

केही दिन अघि चिनिया राष्ट्रपतिले दिएको अभिव्यक्तिको शैली सही नभएपनि सारमा उनको भनाई सही भएको बास्तोलाले टिप्पणी गरे । उनले नेकपा वहुमत र नेपाल कम्युनिष्ट पार्टी क्रान्तिकारी माओवादी एकता भएर क्रान्तिकारी कम्युनिष्ट पार्टी गठन भएको र आफूहरुले सच्चा कम्युनिष्ट पार्टीहरुलाई एकतावद्ध गर्दै जाने बताए । कम्युनिष्टहरुको एकता भए नेपालमा दुई तिहाई वहुमत आउने उनको भनाई छ ।

प्रकाशित मिति : २४ भदौ २०८०, आइतबार  १ : २४ बजे

नेप्सेमा सामान्य सुधार, चार अर्ब ४० करोडभन्दा बढीको कारोबार

काठमाडौं । धितोपत्र बजारमा सेयर कारोबार मापक नेपाल स्टक एक्सचेञ्ज

बाढी-पहिरोबाट तीन सडक पूर्ण र छ आंशिक रूपमा अवरूद्ध

काठमाडौं । सडक विभागले बाढी र पहिरोबाट तीन वटा पूर्ण

ग्यास वितरणका समस्या समाधान गर्न द्रुत प्रतिकार्य टोली गठन

काठमाडौँ । नेपाल आयल निगमले खाना पकाउने एलपी ग्यास वितरणका

११४ दिनपछि काठमाडौं उपत्यका सार्वजनिक पुस्तकालयको ताला खुल्यो

काठमाडौँ । भाडासम्बन्धी विवादका कारण चार महिनादेखि तालाबन्द रहेको भृकुटीमण्डपस्थित

सुनसरी-सिरहा घटनाका मृतकलाई क्षतिपूर्ति र घाइतेको उपचार सरकारले गर्ने

काठमाडौं । सरकारले सुनसरी र सिरहामा हालै भएका प्रदर्शनका क्रममा