४ पुस २०८२, शुक्रबार | December 20, 2025

करेन्ट लागेर कपिलवस्तुमा एक जनाको मृत्यु



कपिलवस्तु । कपिलवस्तुमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । शिवराज नगरपालिका-१ शिवपुर बनकसबासामा रुखमा चढेर घाँस काट्ने क्रममा आइतबार बिहान ज्यान गएको हो ।

मृत्यु हुनेमा अन्दाजी ५० वर्षका धन बहादुर थापा (काले) रहेका छन् । उनले विगत केही समय देखि स्थानीयहरूलाई घाँस दाउरा दिएर खाने बस्ने गरेका थिए ।

उनका परिवारका कुनै पनि सदस्य यहाँ नरहेकोले सम्पर्क गर्ने प्रयास भइरहेको वडा अध्यक्ष खिम विक्रम केसीले बताए । बिहान पानी परिरहेकोले रुखमा चढेको समय करेन्ट लगेको बताइएको छ ।

उनको घटना स्थलमै मृत्यु भएको हो । थापाको शवलाई पोष्टमार्टको लागि जिल्ला अस्पताल तौलिहवा लगिएको वडा प्रहरी कार्यालय चन्द्रौटाले जनाएको छ ।

प्रकाशित मिति : २४ भदौ २०८०, आइतबार  २ : २१ बजे

हजुरआमाको हत्या अभियोगमा नाति पक्राउ

कास्की । पोखरामा आफ्नै हजुरआमाको हत्या अभियोगमा प्रहरीले नातिलाई पक्राउ

मधेश प्रदेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत, पक्षमा ९२, विपक्षमा शुन्य

जनकपुरधाम । मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ

काठमाडौँ । झुटो शेयर कारोबार गरेको आरोपमा आज प्रहरीको केन्द्रीय

६० सहसचिवको सरुवा को कहाँ ? (सूचीसहित)

काठमाडौँ । सरकारले ६० जना सहसचिवको सरुवा गरेको छ ।

गुल्मीमा १३ दिनपछि शवको पहिचान खुल्यो

गुल्मी । गुल्मीमा बेवारिसे भेटिएको शवको १३ दिनपछि पहिचान खुलेको