२२ बैशाख २०८३, मंगलबार | May 5, 2026

करेन्ट लागेर कपिलवस्तुमा एक जनाको मृत्यु



कपिलवस्तु । कपिलवस्तुमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । शिवराज नगरपालिका-१ शिवपुर बनकसबासामा रुखमा चढेर घाँस काट्ने क्रममा आइतबार बिहान ज्यान गएको हो ।

मृत्यु हुनेमा अन्दाजी ५० वर्षका धन बहादुर थापा (काले) रहेका छन् । उनले विगत केही समय देखि स्थानीयहरूलाई घाँस दाउरा दिएर खाने बस्ने गरेका थिए ।

उनका परिवारका कुनै पनि सदस्य यहाँ नरहेकोले सम्पर्क गर्ने प्रयास भइरहेको वडा अध्यक्ष खिम विक्रम केसीले बताए । बिहान पानी परिरहेकोले रुखमा चढेको समय करेन्ट लगेको बताइएको छ ।

उनको घटना स्थलमै मृत्यु भएको हो । थापाको शवलाई पोष्टमार्टको लागि जिल्ला अस्पताल तौलिहवा लगिएको वडा प्रहरी कार्यालय चन्द्रौटाले जनाएको छ ।

प्रकाशित मिति : २४ भदौ २०८०, आइतबार  २ : २१ बजे

स्थलमार्ग भएर नेपाल आउने पर्यटकवाहक सवारीसाधनको दर्ता ‘अनलाइन’बाटै

काठमाडौँ । सरकारले भारतीय पर्यटक तथा भारत भएर नेपाल भित्रिने

बैङ्क खाताको रकम चोरीका घटना बढ्दै, सचेत रहन साइबर ब्यूरोको आग्रह

काठमाडौँ । पछिल्लो समय बैङ्क खाताबाट रकम चोरी हुने घटनामा

राष्ट्रपति पौडेलद्वारा वैशाख २८ गते संसद् अधिवेशन आह्वान

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले यही वैशाख २८ गतेका लागि

वीरगञ्जमा आयोजित नबिल निःशुल्क जलन शिविरमा १५० जनाले लिए परामर्श तथा उपचार

काठमाडौ । वीरगञ्जस्थित नारायणी अस्पतालमा सञ्चालन भएको ‘नबिल निःशुल्क जलन

बुटवलमा प्रभावकारी बन्यो बा आमासँग नगरप्रमुख कार्यक्रम

बुटवल । बुटवल उपमहानगरपालिकामा बा आमासँग नगरप्रमुख स्वास्थ्य परिक्षण तथा