२२ भदौ २०८३, सोमबार | September 7, 2026

२६ लाख नगद सहित नेपालगन्ज विमानस्थलबाट आन्तरिक राजश्व कार्यालयका कर अधिकृत पक्राउ



नेपालगन्ज । नेपालगन्ज विमानस्थलबाट २६ लाख नगद सहित आन्तरिक राजश्व कार्यालय तुलसीपुरका कर अधिकृत खगेन्द्र सापकोटा पक्राउ परेका छन् ।

श्री एयरको विमानमा नेपालगन्जबाट काठमाडौं जाँदै गरेका सापकोटा विमानस्थल सुरक्षाको चेकजाँचकाक्रममा पक्राउ परेका हुन् । उनको लगेज चेकजाँच गर्ने क्रममा २६ लाख नगद फेला परेको बाँके प्रहरी प्रवक्ता डीएसपी नारायण डाँगीले बताए ।

उनीसँगै काठमाडौं उड्ने तयारी रहेका अर्का अधिकृत दीपक पौडेल भने फरार भएको डीएसपी डाँगीले बताए । सापकोटाको लगेजमा नगद भेटिएसँगै पौडेल विमानस्थलबाट फरार भएको उनले जानकारी दिए ।

घुस रकम लिएर काठमाडौं तर्फ हिँडेको गोप्य सूचनाका आधारमा प्रहरीले चेकजाँचमा कडाई गरेको स्रोतले दाबी गरेको छ । कडा सुरक्षा रहेको विमानस्थलबाट अर्का अधिकृत फरार भएको विषय भने रहश्यमय रहेको देखिएको छ ।

प्रकाशित मिति : २५ भदौ २०८०, सोमबार  १० : ४० बजे

भोटेकोशी बाढी : एक हजार ३५६ शव फेला, चार हजार ९९४ जना सम्पर्कविहीन

काठमाडौँ । रसुवा बाढीमा परी मृत्यु भएकामध्ये हालसम्म एक हजार

भोटेकोशी बाढीमा परी निधन भएकाहरूको सम्झनामा बाँकेमा दीप प्रज्वलन

नेपालगन्ज । रसुवाको भोटेकोशी नदीमा यही भदौ १० गते आएको

खजुराको प्रशंसनीय कामः बाँझो जमिन आम्दानीको स्रोत

नेपालगञ्ज । खजुरा गाँउपालिकाले प्रशंसनीय काम गरेको छ । खेर

राष्ट्रपति रामचन्द्र पौडेलले गरे बाढी प्रभावित क्षेत्रको निरीक्षण

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले बाढीबाट प्रभावित नुवाकोटका विभिन्न क्षेत्रको

पीडितले सरकारको अभाव महसुस गर्न नपरोस्ः सभामुख अर्याल

धादिङ ।  सभामुख डोलप्रसाद अर्यालले प्राकृतिक विपद्बाट प्रभावित कुनै पनि