७ चैत्र २०८२, शनिबार | March 21, 2026

योजना आयोग उपाध्यक्ष श्रेष्ठ र यूएनडिपी नेपाल प्रतिनिधिबीच भेटवार्ता



काठमाडौं । राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. मीनबहादुर श्रेष्ठ र संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम (युएनडिपी)का नेपालस्थित आवासीय प्रतिनिधि आयशानी मेडागंगोडा लाबेबीच भेटवार्ता भएको छ । आयोग उपाध्यक्ष श्रेष्ठ र युएनडिपी नेपाल प्रतिनिधि लाबेबीच शुक्रबार सिंहदरबारस्थित राष्ट्रिय योजना आयोगमा भेटवार्ता भएको हो ।

भेटमा नेपाल प्रतिनिधि लाबेले आयागले बनाउँदै गरेको १६औँ योजनाको बारेमा चासो राख्दै १६ औं योजनाका लागि नेपाल सरकारले आवश्यक ठानेमा युएनडिपी सहयोग गर्न तयार रहेको बताइन् । आयोगका उपाध्यक्ष श्रेष्ठले युएनडिपीले नेपालका लागि पुर्‍याउँदै आएको सहयोगका लागि धन्यबाद दिदै आगामी दिनमा पनि सहकार्य हुनेमा आफू विस्वस्त रहेको बताए ।

१६औँ योजना यसअघिको भन्दा फरक हुने बताउदै उपाध्यक्ष श्रेष्ठले १६ औँ योजना तर्जुमाको मोडालिटी र यसको सोच तथा लक्ष र रणनीतिक लक्ष्यका विषयमा जानकारी दिए । भेटवार्तामा आयोगका सहसचिव प्रकाश दाहाल, कार्यक्रम निर्देशक डा। नारायण पौडेल लगायतका अधिकारीहरु समेत सहभागी थिए ।

आयोगले तयार पारेको आधारपत्रले १२ वटा रुपान्तरणकारी क्षेत्रहरु पहिचान गरेको छ । जसमध्ये समिष्टगत आर्थिक आधारहरुको सबलीकरण, उत्पादन तथा उत्पादकत्व अभिवृद्धि, मर्यादित समावेशी रोजगारीका अवसरको सिर्जना, मानव पुँजी निर्माण र उत्कृष्ट जनशक्ति योजना, गुणस्तरीय तथा सर्वसुलभ स्वास्थ्य प्रणाली, गुणस्तरीय पूर्वाधार र व्यवस्थित शहरीकरण, सामाजिक सशक्तिकरण, समावेशीकरण र सामाजिक सुरक्षा लगायत १६औँ योजनाको संरचनात्मक रुपान्तरणका क्षेत्रहरु रहेका छन् ।

साथै संरचनात्मक रुपान्तरणका क्षेत्रहरुमा अवाञ्छित तथा अनौपचारिक कारोबारको नियन्त्रण, विनियोजन कुशलता तथा पुँजीगत खर्च क्षमता अभिवृद्धि, वातावरण संरक्षण, जैविक विविधता तथा विपदको व्यवस्थापन दिगो विकास र सुशासन प्रवद्र्धन तथा प्रभावकारी सार्वजनिक सेवा प्रवाह रहेका छन् ।

प्रकाशित मिति : २५ भदौ २०८०, सोमबार  २ : ०६ बजे

आज ‘इद उल फित्र’, इस्लाम धर्मालम्बीहरुले धुमधामका साथ ‘इद’ मनाउँदै

काठमाडौं । देशभरका इस्लाम धर्मावलम्बीले आज इद(उल फित्र (इद) मनाउँदै

कांग्रेस बैठकमा उपसभापति शर्माको चुनावी समीक्षा प्रतिवेदन प्रस्तुत (पूर्णपाठ)

काठमाडौं । नेपाली कांग्रेसका उपसपभाति एवं केन्द्रीय निर्वाचन परिचालन समितिका

मन्त्रीहरूद्वारा नयाँ संसद् भवन परिसरमा वृक्षारोपण

काठमाडौँ । सिंहदरबार परिसरमा निर्माणाधीन सङ्घीय संसद् भवन क्षेत्रमा आज

नबिल बैंकद्वारा जनकपुरस्थित मानवसेवा आश्रमलाई सेवा वाहन (अटो) सहयोग

काठमाडौं । नबिल बैंक लिमिटेडले धनुषाको जनकपुरस्थित मानवसेवा आश्रमलाई सेवा

चट्याङ लागेर गुल्मीका छ जना घाइते

गुल्मी । वर्षासँगै परेको चट्याङ लागेर जिल्लाका विभिन्न स्थानका छ