२२ असार २०८३, सोमबार | July 6, 2026

राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. श्रेष्ठ र एनडिआरसी उपाध्यक्ष छोङ्ग लियाङ्गबीच भेटवार्ता



काठमाडौं । चीन भ्रमणमा रहेका राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. मीनबहादुर श्रेष्ठ र चीन सरकारको नेसनल डेभलपमेन्ट एण्ड रिर्फम कमिसन (एनडिआरसी) का उपाध्यक्ष छोङ्ग लियाङ्ग बीच भेटवार्ता भएको छ । चीनको वेइजिङ्गस्थित एनडिआरसीको कार्यालयमा दुई समकक्षीबीच भेटवार्ता भएको हो ।

भेटवार्ताका क्रममा योजना आयोग र एनडीआरसीका बीचमा सन् २०१८ र २०१९ मा भएका सम्झौताहरु अनुसारका सम्पन्न हुन बाँकीकार्यक्रमलाई द्रुत गतिमा अगाडि बढाउने समझदारी भएको छ । भेटघाटका क्रममा नेपाल र चीन सरकारको तर्फवाट गर्नुपर्ने कामका बारेमा विस्तृत रुपमा छलफल भएको थियो ।

उपाध्यक्ष डा. श्रेष्ठले एनडीआरसीका उपाध्यक्ष लियाङलाई उपयुक्त समयमा नेपाल भ्रमण गर्न निमन्त्रणा पनि दिएका छन् ।

पहिले राज्य योजना आयोग (स्टेट प्लानिङ कमिसन) को रुपमा रहेको चिनिया संस्था हाल (एनडिआरसी) को रुपमा कार्यरत रहेको छ । एनडिआरसीद्वारा अगाडि बढाइएको बेल्ट एण्ड रोड इनिसिएटिभ (बीआरआई) हाल कार्यान्वयनको चरणमा रहेको छ ।

प्रकाशित मिति : २६ असार २०८०, मंगलबार  ८ : ३९ बजे

लागुऔषध र मानव बेचबिखनविरुद्ध सबै एकजुट हुनुपर्छ : उपत्यका प्रहरी प्रमुख राठौर

काठमाडौँ । काठमाडौँको गोङ्गबुस्थित नयाँबसपार्कमा ‘मानव बेचबिखन र लागुऔषधविरुद्ध सप्ताहव्यापी

संविधान संशोधनका नाममा सङ्घीयतामाथि हस्तक्षेप नगर्न सांसद आर्यन राईको चेतावनी

काठमाडौं । श्रम संस्कृति पार्टीका सांसद आर्यन राईले संविधान संशोधनका

रुपन्देहीमा ‘स्मार्ट प्रहरी–सुरक्षित समुदाय’ कार्यक्रम सुरु

बुटवल । रुपन्देही प्रहरीले सूचना प्रविधिमा आधारित ‘स्मार्ट प्रहरी–सुरक्षित समुदाय’

‘मन्त्रीको हेलिकोप्टर उडिरह्यो, नागरिक डुबिरहे’ : कर्णाली दुर्घटनाबारे ज्ञानेन्द्र शाहीको आक्रोश

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का प्रमुख सचेतक ज्ञानबहादुर शाहीले

धुलिखेल-खावा सडकखण्ड रातको समयमा बन्द नगरिने

काभ्रेपलाञ्चोक । वर्षात्का कारण निर्माणमा समस्या आउने भएकाले अरनिको राजमार्गअन्तर्गत