११ भदौ २०८३, बिहिबार | August 28, 2026

योजना आयोगको उपाध्यक्षमा मीनबहादुर श्रेष्ठ, सदस्यमा फुयाँल



काठमाडौं । सरकारले राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा डा. मीनबहादुर श्रेष्ठलाई नियुक्त गरेको छ। नवनियुक्त राष्ट्रिय योजना आयोगको उपाध्यक्ष मीनबहादुर श्रेष्ठले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयमा सोमबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले उनलाई पद तथा गोपनीयताको शपथ ग्रहण गराएका हुन् ।

यसअघि पनि उनी योजना आयोगकै पूर्वउपाध्यक्ष र नेपाल राष्ट्र बैंकका पूर्वकार्यकारी निर्देशक हुन् । श्रेष्ठ यसअघि २०७३ भदौमा प्रचण्ड प्रधानमन्त्री हुँदा आयोगको उपाध्यक्ष भएका थिए । राष्ट्र बैंकमा उनले २८ वर्ष काम गरेका थिए।

यसैगरी आयोगको सदस्यमा डा. रामकुमार फुयाँल तेस्रो पटक नियुक्त भएका छन्। उनी यसअघि २ पटक गरी चार वर्ष सदस्य भइसकेका छन्।

प्रकाशित मिति : ९ माघ २०७९, सोमबार  ४ : १७ बजे

भोटेकोशी बाढी प्रभावित क्षेत्रमा बाँकेका २७ जना सम्पर्कविहिन (नामावलीसहित)

नेपालगन्ज । भोटेकोशी बाढी प्रभावित क्षेत्रमा रहेका बाँकेका २७ जना

नेपालगन्जमा पुरुष यु-१८ अलनेपाल इन्टर स्कुल फुटबल प्रतियोगिताको ट्रफी अनावरण

नेपालगन्ज । विद्यालय तहका युवा फुटबल प्रतिभालाई पहिचान तथा प्रोत्साहन

बाढी प्रभावितको उद्धार र राहतका लागि वाणिज्य बैङ्कद्वारा तीन करोड सहयोग

काठमाडौँ । रसुवास्थित भोटेकोशी नदीमा बुधबार गएको बाढीबाट प्रभावित नागरिकहरूको

विश्वका सबैभन्दा घातक हिमनदीजन्य ६ विपद्

बेइजिङ । नेपालको हिमाली सीमा क्षेत्र र त्यससँग जोडिएको तिब्बतमा

‘पार्वती’को पहिलो दिनको कमाइ भोटेकोशी बाढीपीडितलाई दिइने

काठमाडौं । नेपाली चलचित्र ‘पार्वती’ को निर्माण पक्षले चलचित्र देशैभरि