९ चैत्र २०८२, सोमबार | March 23, 2026

लुम्बिनी एक्स्पो–२०८० को तयारीका लागि बसन्तपुरमा अन्तरक्रिया



बुटवल । रुपन्देही व्यापार संघको आयोजनामा आगामी २०८० पुसमा बुटवलमा सञ्चालन गर्न लागिएको पाँचौं लुम्बिनी एक्स्पो–२०८०, अन्तरािष्ट्रय व्यापार मेलाको तयारीको सिलसिलामा संघको कार्यसमिति र पूर्व अध्यक्षहरुसहितको गोष्ठि तथा अन्तरक्रिया कार्यक्रम पाल्पाको बसन्तपुरमा सोमवार सम्पन्न भएको छ ।

लुम्बिनी एक्स्पो–२०८० को आयोजनाको तयारीको सिलसिलामा राखिएको कार्यक्रममा परिवर्तित सन्दर्भमा एक्स्पोलाई दर्शक तथा उपभोक्ताहरुको चाहाना अनुसार परिमार्जन गरि भव्य रुपमा सम्पन्न गर्ने प्रतिवद्धता जनाइएको छ । कार्यक्रममा एक्स्पो मूल समितिका संयोजक तथा रुपन्देही व्यापार संघका अध्यक्ष कृष्णप्रसाद घिमिरेले विषय प्रवेश गराउदै संघले हालसम्म गरेका तयारी तथा प्राथमिकता बिषयमा प्रकाश पार्नु हुँदै सबै क्षेत्रबाट सल्लाह र सुझावको अपेक्षा लिएको बताए ।

कार्यक्रममा संघका पूर्व अध्यक्षहरूले एक्स्पोमा प्रविधिलाई विशेष महत्व दिन सुझाव दिंदै स्वदेशी उत्पादन, गुणस्तरीय वस्तुको प्रर्दशन, सरसफाई, पार्किङ्ग, मनोरञ्जनलगायतका विषयमा सुक्ष्म रुपमा अध्ययन गरि प्राथमिकतामा राख्दै यस अगाडी भएका कामको निरन्तरतामा ध्यान दिन सुझाव दिएका थिऐ । एक्स्पोलाई स्वदेशी उत्पादनसंग जोडेर नेपाली उपभोक्ताहरुको आवश्यक्ताको पहिचान गरि नयाँ ढंगले दर्शक उपभोक्ताको मन जित्ने गरि आयोजना गर्नु पर्ने कुरामा उनीहरूको जोड थियो ।

उनीहरुले राजधानी बाहिर पहिलो पटक संघले अन्तराष्ट्रिय व्यापार मेला आयोजना गरेको अनुभव रहेकोले त्यसमा थप नयाँपन के कसरी दिन सकिन्छ त्यसको तयारीमा लाग्न आग्रह पनि गरेका थिए ।

सो अवसरमा बोल्दै संघका संस्थापक अध्यक्ष मोतीराज ज्ञवालीले आयोजना सफल बनाउने दायित्व सबै कार्यसमिति पदाधिकारी र सदस्यहरुको काँधमा रहेको उल्लेख गर्दै जिम्मेवारीलाई इमानदारिताकासाथ पुरा गर्न आग्रह गरे । उनले संघले आयोजना गर्ने एक्स्पो सधै अब्बल र सफल हुने गरेको हुँदा वर्तमान आर्थिक मन्दीको अवस्थामा उद्योगी व्यवसायीहरुमा उत्साह प्रदान गर्ने लक्ष्यसहित आयोजना सम्पन्न गर्न सुझाव दिए ।

कार्यक्रममा संघका पूर्व अध्यक्षहरु शंकर भट्टराई, टंकप्रसाद पोखरेल, श्रीकृष्ण पोखरेल, मोतीलाल पाण्डे, पदमप्रसाद श्रेष्ठ, निर्वमान अध्यक्ष यमलाल लोहनी, संघका वरिष्ठ उपाध्यक्ष डिल्लीराज भण्डारी, प्रथम उपाध्यक्ष प्रकाश ढकाल, द्वितिय उपाध्यक्ष दिपक अधिकारी, कोषाध्यक्ष ऋषिराम पाण्डे, सहसचिव फर्सुराम पन्त, सहकोषाध्यक्ष मणी खनाल लगायत बोलेका थिए ।

 

प्रकाशित मिति : २५ भदौ २०८०, सोमबार  ८ : ५० बजे

ज्येष्ठ सदस्य केसीले राष्ट्रपति समक्ष शपथ लिने

काठमाडौंँ । प्रतिनिधिसभाका ज्येष्ठ सदस्य अर्जुननरसिंह केसीले राष्ट्रपति रामचन्द्र पौडेल

प्रधानमन्त्री कार्की र रास्वपा सभापति लामिछानेबीच भेट

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीसँग राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति

नाइट फुटबलको उपाधि ब्रोदर्स एफसीलाई

खजुरा । बाँकेको खजुरामा सम्पन्न नाइट फुटबलको उपाधि आयोजक टिम

चालीस हजार स्थायी शिक्षकको व्यक्तिगत अभिलेख ‘डिजिटलाइजेशन’ गरियो

काठमाडौँ । राष्ट्रिय किताबखानाले हालसम्म चालीस हजार स्थायी शिक्षकको व्यक्तिगत

कांग्रेस सभापति थापाले पदबाट दिएको राजीनामा केन्द्रीय समितिबाट अस्वीकृत

काठमाडौं । गगन थापाले पदबाट दिएको राजीनामा नेपाली कांग्रेसको केन्द्रीय