२२ भदौ २०८३, सोमबार | September 7, 2026

नेपालगन्ज विमानस्थलबाट फरार कर अधिकृत पौडेल प्रहरीको टेलिफोन सम्पर्कमा



नेपालगन्ज । नेपालगन्ज एअरपोर्टबाट आज बिहान श्रोत नखुलेको २६ लाख रुपैयाँसहित आन्तरिक राजस्व कार्यालय तुलसीपुरका कर अधिकृत खगेन्द्र सापकोटालाई प्रहरीले पक्राउ गरेसँगै फरार भएका अर्का कर अधिकृत दीपक पौडेलले प्रहरीलाई फोन गरेर सम्पर्कमा आउने जानकारी दिएका छन् ।

विमानस्थलमा श्रोत नखुलेको रकम फेला परे लगत्तै फरार भएका पौडेलले आज साँझ प्रहरीमा फोन गरेर आफु सम्पर्कमा आउन चाहेको बताएको बाँके प्रहरी प्रवक्ता डीएसपी नारायण डाँगीले बताए ।

बिहान पक्राउ परेका कर अधिकृत सापकोटालाई भने प्रहरीले आवश्यक कारबाही र अनुसन्धानका लागि सोमवारनै नेपालगन्जस्थित अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा बुझाइसकेको छ ।

श्रोत नखुलेको ठुलो रकम र कर अधिकृत भएकै कारण कतै भ्रष्टाचारकै रकम भएको हुन सक्ने भन्दै अख्तियारसँगको समन्वय पश्चात् आवश्यक अनुसन्धान गर्न अख्तियारलाई बुझाइएको डीएसपी डाँगीले बताए । प्रहरीका अनुसार दुबैजना कर अधिकृतहरु रुकुम पश्चिम् बाट अनुगमन गरि सिधै काठमाण्डौ जान लागेका थिए ।

आज बिहान पौने ९ बजे नेपालगन्ज विमानस्थलबाट श्री एयरको जहाजबाट काठमाडौं उड्न लागेका कर अधिकृत सापकोटाको ब्यागमा विमानस्थल सुरक्षा गार्डले एक्सरे जाँच गर्दा ठुलो रकम देखेपछि सोधपुछ गर्दा अर्का अधिकृत फरार भएका थिए भने सापकोटा पक्राउ परेका थिए। एयरपोर्ट सुरक्षा गार्डका प्रमुख प्रहरी नायब निरीक्षक रबिन्द्र बमले श्रोत नखुलेको २६ लाख रुपैयाँ फेला पारेपछि सापकोटालाई पक्राउ गरेका थिए ।

प्रकाशित मिति : २५ भदौ २०८०, सोमबार  १० : ३३ बजे

भोटेकोशी बाढी : एक हजार ३५६ शव फेला, चार हजार ९९४ जना सम्पर्कविहीन

काठमाडौँ । रसुवा बाढीमा परी मृत्यु भएकामध्ये हालसम्म एक हजार

भोटेकोशी बाढीमा परी निधन भएकाहरूको सम्झनामा बाँकेमा दीप प्रज्वलन

नेपालगन्ज । रसुवाको भोटेकोशी नदीमा यही भदौ १० गते आएको

खजुराको प्रशंसनीय कामः बाँझो जमिन आम्दानीको स्रोत

नेपालगञ्ज । खजुरा गाँउपालिकाले प्रशंसनीय काम गरेको छ । खेर

राष्ट्रपति रामचन्द्र पौडेलले गरे बाढी प्रभावित क्षेत्रको निरीक्षण

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले बाढीबाट प्रभावित नुवाकोटका विभिन्न क्षेत्रको

पीडितले सरकारको अभाव महसुस गर्न नपरोस्ः सभामुख अर्याल

धादिङ ।  सभामुख डोलप्रसाद अर्यालले प्राकृतिक विपद्बाट प्रभावित कुनै पनि