१८ पुस २०८२, शुक्रबार | January 2, 2026

प्रधानमन्त्री प्रचण्डद्वारा सुवास नेम्वाङको निधनप्रति दुःख व्यक्त



काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संविधान सभाका अध्यक्ष सुवास नेम्वाङको निधनले आफू मर्माहत भएको बताएका छन् । ‘संविधानसभाका अध्यक्ष तथा पूर्व सभामुख कमरेड सुवास नेम्वाङको असामयिक निधनको खबरले मर्माहत भएको छु’, उनले ट्विटरमा लेखेका छन् ।

प्रधानमन्त्री प्रचण्डले दिवंगत नेम्वाङप्रति भावपूर्ण श्रद्धान्जली अर्पण गर्दै शोकाकुल परिवारजनमा हार्दिक समवेदना प्रकट गरेका छन् ।

त्यस्तै राष्ट्रपति रामचन्द्र पौडेलले पनि संविधान सभाका अध्यक्ष सुवास नेम्वाङको निधनले आफू स्तब्ध भएको बताएका छन् । ‘सम्माननीय राष्ट्रपति रामचन्द्र पौडेलले संविधानसभा अध्यक्ष सुवास नेम्वाङको अप्रत्यासित निधनले आफू मर्माहत र स्तब्ध भएको बताउनुभएको छ’, ट्विटरमा भनिएको छ ।

काठमाडौंको बालुवाटारस्थित आफ्नै निवासमा हृदयघात भएपछि नेम्वाङलाई त्रिवि शिक्षण अस्पताल लगिएको थियो । उनको राति साढे १ बजे निधन भएको एमालेका प्रतिनिधि सभाका सचेतक महेश बर्तौलाले जानकारी दिए ।

निधन भएका नेम्वाङ एमालेका उपाध्यक्ष तथा संसदीय दलका उपनेता हुन् । २०५१ मा राज्यमन्त्री र मन्त्री बनेका उनी दुवै संविधान सभाका अध्यक्ष पनि हुन् । २०४८ मा राष्ट्रिय सभा सदस्य भई संसदीय यात्रा सुरु गरेका उनी २०५६ देखि २०७९ सम्मका सबै प्रतिनिधि सभा/संविधान सभा निर्वाचनमा विजयी भएका थिए ।

प्रकाशित मिति : २६ भदौ २०८०, मंगलबार  ६ : ५३ बजे

पुस ३० गतेबाट नेपालगन्जमा व्यापार महोत्सव

नेपालगन्ज । नेपाल घरेलु तथा साना उद्योग महासंघ बाँकेको आयोजना

‘पर्यटन क्षेत्रको विकासका लागि भरतपुर–लुम्बिनी–पोखरालाई जोड्न जरुरी’

चितवन । सरोकारवालाले तीन पर्यटकीय गन्तव्य भरतपुर–लुम्बिनी–पोखरालाई जोडेर पर्यटन विकास

निर्वाचन रोक्ने बहाना स्वीकार्य छैन : योगेश भट्टराई

विराटनगर । नेपाल कम्युनिष्ट पार्टी ९एमाले०का उपमहासचिव योगेश भट्टराईले आगामी

बहुमतको बलमा विशेष महाधिवेशन पक्षधरलाई दबाउन खोजियो, मान्य हुँदैन : गगन थापा

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्रीद्वय गगन थापाले बहुमतको नाममा विशेष

पूर्वराष्ट्रपति भण्डारीद्वारा सर्वोच्च अदालतको अवलोकन

काठमाडौँ । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले सर्वोच्च अदालतको अवलोकन गरेकी छन्