२१ भदौ २०८३, आइतबार | September 7, 2026

कर्णालीका स्थानीय निकायमा वास इकाईबाट सम्पादीत क्रियाकलापको लेखाजोखा सम्पन्न



सुर्खेत । कर्णाली प्रदेशलाई केन्द्रित गरि नेपाल सरकार , फिनल्यान्ड सरकार र युरोपियन युनियन तथा स्थानीय सरकारको सयुक्त साझेदारीमा संचालित सबैको लागि दिगोखानेपानी सरसफाइ र स्वच्छता आयोजनाको वार्षिक समिक्षा सम्पन्न भएको छ । गत आब ०७९/८० देखि कार्यन्वयनमा रहेका माथिल्लो कर्णाली भेगमा अवस्थित आठवटा स्थानीय तहमा संचालित आयोजनाको भौतिक प्रगति तथा आर्थिक प्रगतिको समिक्षा गरिएको हो ।

समिक्षा कार्यक्रममा सिकाइ आदानप्रदान साथै क्रियाकलापहरुको संचालन प्रक्रियामा परेका समस्याहरूको लेखाजोखा र आब ०८०/८१ को बार्षिक कार्यक्रम कार्यन्वयन गर्न भाबी रणनीति विषयमा छलफल भएको थियो ।

आब ८०/८१ देखि कार्यन्वयनमा रहेका थप १३ पालिकाहरुको बार्षिक कार्यक्रममाथि पनि कार्यक्रममा छलफल भएको थियो । सहभागीहरुले मुख्य मुख्य क्रियाकलाप सम्पन्न गर्न लिइएको भाबी रणनीति र सम्भाबित चुनौतीमाथि व्यापक छलफल गरि समुहगत प्रस्तुति गरेका थिए ।

प्रस्तुति गरिएको कार्ययोजना माथि आयोजनाको प्राबिधिक सहयोग इकाईका बिज्ञहरु तथा चिफ टेक्निकल सल्लाहकार मारिओ मिलानेसीबाट पृष्ठपोषण र सुझावहरु दिएका थिए । कार्यक्रममा सल्लाहकार मिलानेसीले आयोजनाको उदेश्यमुलक नतिजा प्रतिफल प्राप्त गर्न स्थानीय सरकारहरुलाई प्राबिधिक सहयोग गर्न आयोजनाको तर्फबाट निरन्तर सहयोगको प्रतिबद्धता ब्यक्त गरे ।

कार्यशाला गोष्ठीमा स्थानीय तहको वास इकाईमा कार्यरत वास संयोजकहरु र आयोजनामा कार्यरत करिब ४० जनाको उपस्थित रहेको थियो ।

प्रकाशित मिति : २६ भदौ २०८०, मंगलबार  ९ : ४९ बजे

भोटेकोशी बाढी : एक हजार ३५३ शव फेला

काठमाडौँ । भोटेकोशी बाढीमा परी मृत्यु भएकामध्ये हालसम्म एक हजार

बाढी प्रभावित क्षेत्रमा खटिने सुरक्षाकर्मीलाई प्रधानमन्त्रीको सन्देश : तपाईंहरुको यो योगदानको उच्च कदर हुनेछ

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले बाढी प्रभावित क्षेत्रमा अहोरात्र खटिने

कोरला नाका चलायमान : भन्सार र क्वारेन्टाइनमा कर्मचारी थप

मुस्ताङ । नेपाल(चीन उत्तरी कोरला नाकास्थित लोमान्थाङ गाउँपालिका-४ न्हेचुङमा रहेको

अनुशासन उल्लङ्घन, पार्टी परित्याग गरेका, निधन भएका बाहेकले १५औँ महाधिवेशनमा भाग लिन पाउने

ललितपुर । नेपाली कांग्रेसका प्रवक्ता देवराज चालिसेले पार्टीको अनुशासन उल्लङ्घन

रसुवा बाढीपछि कोरला नाकाबाट चिनियाँ सामान ढुवानी हुँदै

रसुवा । भोटेकोशी नदीमा गएको बाढीसँगै सडक–पुललगायतका भौतिक संरचना ध्वस्त