२५ मंसिर २०८०, सोमबार | December 11, 2023

बर्दिया राजापुरकी एक प्रधानाध्यापक घुस लिँदालिँदै अख्तियारको फन्दामा



बर्दिया । बर्दियामा एक जना प्रधानाध्यापक घुस रकमसहित पक्राउ परेकी छन‍् । बर्दिया राजापुर नगरपालिका वडा नं. ७, भिस्मापुरस्थित श्री सरस्वती बाल प्रथामिक विद्यालय शंकरपुरका प्रधानाध्यापक लक्ष्मीदेवी उपाध्याय घुस रकम सहित अख्तियारको टोलिबाट पक्राउ परेकी हुन् ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय, बुटवल, सम्पर्क कार्यालय नेपालगञ्जबाट खटिई गएको टोलीले राजापुर नगरपालिका वडा नं। ७, भिस्मापुरस्थित श्री सरस्वती बाल प्रथामिक विद्यालय शंकरपुरका प्रधानाध्यापक लक्ष्मीदेवी उपाध्यायलाई घुस रकमसहित पक्राउ गरेको अख्तियारले आज प्रकाशित विज्ञप्तिमा उल्लेख छ ।

अख्तियारका प्रवक्ता भोला दाहालले पक्राउ परेकी प्रधानाध्याक उपाध्यायले हाजिरी गराउन सहजीकरण गरिदिने भन्दै सेवाग्राहीसँग घुस मागेको बताए । गोप्य सूचनाको आधारमा खटिएको टोलीले उनलाई वडा नम्बर ४ स्थित सरस्वती भवन नजिकैबाट मंगलबार घुस लिइसकेको अवस्थामा पक्राउ गरेको हो ।

उनले १४ हजार ५०० रुपैयाँ घुस लिएको फेला परेको प्रवक्ता दाहालले बताए । अख्तियारले उपाध्यायमाथि थप अनुसन्धान अघि बढाएको छ।

प्रकाशित मिति : २६ भाद्र २०८०, मंगलबार  १० : १७ बजे

संघीय संसदको महासचिवमा पदम पाण्डे सिफारिस

काठमाडौं । संघीय संसदका महासचिवमा सचिव पदमप्रसाद पाण्डे सिफारिस भएका

संघीय संसदका महासचिव भरतराज गौतमले दिए राजीनामा

काठमाडौं। संघीय संसद सचिवालयका महासचिव डा. भरतराज गौतमले पदबाट राजीनामा

प्रि–ओपन सेसनमा नेप्से सूचक २५.५५ अंकले बढ्यो

काठमाडौं । साताको दोस्रो कारोबार दिन आइतबार प्रि–ओपन सेसनमा नेप्से

अन्तर्राष्ट्रिय उडान नभएसम्म गौतमबुद्ध विमानस्थल अगाडि अनिश्चितकालीन धर्ना

भैरहवा। रुपन्देहीका संघ संस्था तथा व्यवसायीहरुले गौतमबुद्ध विमानस्थल अगाडि अनिश्चितकालिन

यसरी फेरियो पुम्दीकोटको परिचय

कास्की । पोखरा घुम्न आएका पर्यटक पोखरा बजार र आसपासको