११ फाल्गुन २०८२, सोमबार | February 23, 2026

अमेरिकी राष्ट्रपतिमाथि भ्रष्टाचारको आरोप, महाअभियोगका लागि छानविनको अनुमति



वासिंग्टन डिसी । अमेरिकी पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पपछि अब जो बाइडेन पनि समस्यामा परेका छन् । अमेरिकी संसदका सभामुख केभिन म्याकार्थीले राष्ट्रपति बाइडेनविरुद्ध महाभियोगको छानविन सुरु गर्न अनुमोदन गरेका छन् । विदेशी सञ्चारमाध्यमका अनुसार म्याकार्थीले बाइडेन परिवारको व्यापारिक कारोबारबारे छानविन सुरु गर्न निर्देशन दिएका हुन ।

म्याककार्थीले मंगलबार अमेरिकाको क्यापिटल हिलमा भने, ‘म आज राष्ट्रपति बाइडेन विरुद्ध औपचारिक महाभियोग अनुसन्धान सुरु गर्न हाउस कमिटीहरूलाई निर्देशन दिइरहेको छु।’

म्याकार्थीले हाउस ओभरसाइट र एकाउन्टेबिलिटी कमिटीका अध्यक्ष जेम्स कमरले अनुसन्धानको निरीक्षण गर्ने बताए । हाउस न्यायिक समितिका अध्यक्ष जिम जोर्डन र हाउस वेज र मीन्स समितिका अध्यक्ष जेसन स्मिथले जेम्स कमरलाई सहयोग गर्नेछन् । तर, ह्वाइट हाउसले महाभियोग अनुसन्धानको विरोध गरेको छ ।

समाचार अनुसार बाइडेनले सन् २००९ देखि २०१७ सम्म अमेरिकाको राष्ट्रपति कार्यालयमा रहँदा आफ्ना छोरा हन्टर बाइडेनलाई विदेशी व्यापारमा फाइदा पुर्याएको आरोप छ । रिपब्लिकनहरूले पनि यस वर्ष लामो समयसम्म यस विषयमा अनुसन्धान गरेका थिए, जसमा बाइडेन विरुद्ध प्रमाण फेला पर्न सकेका थिएनन ।

तर, मंगलबार म्याकार्थीले प्रमाण ल्याउने बताए । म्याकार्थीले भने कि रिपब्लिकनहरूले फोन कल र पैसा स्थानान्तरणसहित अन्य प्रमाणहरू प्रस्तुत गरेका छन् जसले बाइडेन परिवार विरुद्ध भ्रष्टाचारको मुद्दा बनाउँदछ ।

प्रकाशित मिति : २७ भदौ २०८०, बुधबार  ८ : ०७ बजे

पश्चिम नवलपरासीमा रास्वपा त्याग्ने क्रम बढ्दो, सुस्ता गाउँपालिकाका सचिव पन्थले पनि छाडे

रुपन्देही । पश्चिम नवलपरासीमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) परित्याग गर्ने

वीरगञ्जमा कर्फ्यु हट्यो, निषेधाज्ञा जारी

वीरगञ्ज । जिल्ला सुरक्षा समिति पर्साले वीरगञ्ज महानगर क्षेत्रमा चार

विकासको योजनासहित काँग्रेस उम्मेद्वार चुन्न घरदैलोमा

बुटवल । आसन्न प्रतिनिधिसभा निर्वाचन नजिकिँदै गर्दा उम्मेद्वारहरु चुनावी प्रचारप्रसारमा

पाल्पा कृषिको प्रचुर सम्भावना भएको जिल्ला : उम्मेदवार श्रेष्ठ

पाल्पा । नेपाली कांग्रेस पाल्पा क्षेत्र नम्बर २ का उम्मेदवार

सर्लाहीमा गगन थापालाई समर्थन गरेको जेनजी २.० ले रुपन्देहीमा विष्णु पौडेललाई समर्थन गर्ने

बुटवल । यही फागुन २१ गते हुने प्रतिनिधिसभा विर्नाचनमा जेनजी