७ आश्विन २०८३, बुधबार | September 23, 2026

सुन तस्करी प्रकरण : ५० जनालाई प्रतिवादी, बनाउँदै सीआईबीले प्रतिवेदन बुझाउँदै

३ अर्ब ५० करोड २ लाख १६ हजार ५५२ को बिगो कायम गरेर मुद्दा अघि बढाउन राय



६१ किलो सुन प्रकरण स् ५० जनालाई प्रतिवादी बनाउँदै सीआईबीले प्रतिवेदन बुझाउँदै

काठमाडौं । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले ६१ किलो सुन प्रकरणमा ५० जनालाई प्रतिवादी बनाएर आफ्नो अनुसन्धान प्रतिवेदन बुझाउने भएको छ ।

सीआईबीले आफ्नो अनुसन्धान प्रतिवेदन बुधबार सरकारी वकिललाई बुझाउने भएको हो । ५० जना प्रतिवादीमध्ये ३२ जना पक्राउ परेका सीआईबी प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक ९एआईजी० किरण बज्राचार्यले जानकारी दिइन् ।

उनका अनुसार पक्राउ परेका ३२ जनामध्ये २३ जना नेपाली र ९ जना विदेशी प्रतिवादी छन् । यसैगरी फरार रहेका १८ जनाप्रतिवादीमध्ये ४ जना नेपाली र १४ जना विदेशी रहेका एआईजी आचार्यले जानकारी दिइन् । ६१ किलो सुन बरामद प्रकरणमा अनुसन्धान सकेर रायसहितको अनुसन्धान प्रतिवेदन सीआईबीले जिल्ला सरकारी वकिल कार्यालयमा बुझाउन लागेको हो ।

यस प्रकरणमा हालसम्म सबै बरामद ब्रेक सुको तौल लिँदा ३ क्विन्टर २ किलो ६२० ग्राम सुन ल्याएको देखिएकाले ब्रजाचार्यले बताइन ।

सीआईबीले ३ अर्ब ५० करोड २ लाख १६ हजार ५५२ को बिगो कायम गरेर मुद्दा अघि बढाउन सरकारी वकिल कार्यालयलाई राय दिइएको छ।

आफ्नै कार्यालय परिसरमा पत्रकार सम्मेलन गरेर प्रतिवेदनबारे जानकारी गराएको सीआईबीले सरकारी वकिललाई बुझाउन लागेको हो ।

पत्रकार सम्मेलनमा दिएको जानकारीअनुसार आरोपीविरुद्ध संगठित अपराध, सुन चोरी पैठारी र राष्ट्र बैंक ऐनअन्तर्गत कसुरमा मुद्दा चलाउने राय दिइनेछ ।

प्रकाशित मिति : २७ भदौ २०८०, बुधबार  १२ : १२ बजे

देशभरका अस्पताललाई तयारी अवस्थामा रहन स्वास्थ्य मन्त्रालयको निर्देशन

काठमाडौँ । बाढी, पहिरोलगायतका विपद् तथा जनस्वास्थ्यमा पर्न सक्ने जोखिमलाई

काठमाडौं विश्वविद्यालयका संस्थापक उपकुलपति सुरेशराज शर्माको निधन

काठमाडौं । काठमाडौं विश्वविद्यालय (केयू)का संस्थापक उपकुलपति प्रा।डा। सुरेशराज शर्माको

फ्लाई दुबईको पोखरा–दुबई रुटमा उडान सुरु

पोखरा । फ्लाई दुबईले आजदेखि सुरू गरेको दुबई–पोखरा–दुबई नियमित व्यावसायिक

कान्ति राजमार्ग र भैँसे-भीमफेदी-कुलेखानी सडकमा राति सवारी सञ्चालन रोक

हेटौँडा । भारी वर्षाका कारण बाढी तथा पहिरोको जोखिम बढ्न

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि बुटवलमा हुने

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि