४ पुस २०८२, शुक्रबार | December 19, 2025

सुन तस्करी प्रकरण : ५० जनालाई प्रतिवादी, बनाउँदै सीआईबीले प्रतिवेदन बुझाउँदै

३ अर्ब ५० करोड २ लाख १६ हजार ५५२ को बिगो कायम गरेर मुद्दा अघि बढाउन राय



६१ किलो सुन प्रकरण स् ५० जनालाई प्रतिवादी बनाउँदै सीआईबीले प्रतिवेदन बुझाउँदै

काठमाडौं । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले ६१ किलो सुन प्रकरणमा ५० जनालाई प्रतिवादी बनाएर आफ्नो अनुसन्धान प्रतिवेदन बुझाउने भएको छ ।

सीआईबीले आफ्नो अनुसन्धान प्रतिवेदन बुधबार सरकारी वकिललाई बुझाउने भएको हो । ५० जना प्रतिवादीमध्ये ३२ जना पक्राउ परेका सीआईबी प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक ९एआईजी० किरण बज्राचार्यले जानकारी दिइन् ।

उनका अनुसार पक्राउ परेका ३२ जनामध्ये २३ जना नेपाली र ९ जना विदेशी प्रतिवादी छन् । यसैगरी फरार रहेका १८ जनाप्रतिवादीमध्ये ४ जना नेपाली र १४ जना विदेशी रहेका एआईजी आचार्यले जानकारी दिइन् । ६१ किलो सुन बरामद प्रकरणमा अनुसन्धान सकेर रायसहितको अनुसन्धान प्रतिवेदन सीआईबीले जिल्ला सरकारी वकिल कार्यालयमा बुझाउन लागेको हो ।

यस प्रकरणमा हालसम्म सबै बरामद ब्रेक सुको तौल लिँदा ३ क्विन्टर २ किलो ६२० ग्राम सुन ल्याएको देखिएकाले ब्रजाचार्यले बताइन ।

सीआईबीले ३ अर्ब ५० करोड २ लाख १६ हजार ५५२ को बिगो कायम गरेर मुद्दा अघि बढाउन सरकारी वकिल कार्यालयलाई राय दिइएको छ।

आफ्नै कार्यालय परिसरमा पत्रकार सम्मेलन गरेर प्रतिवेदनबारे जानकारी गराएको सीआईबीले सरकारी वकिललाई बुझाउन लागेको हो ।

पत्रकार सम्मेलनमा दिएको जानकारीअनुसार आरोपीविरुद्ध संगठित अपराध, सुन चोरी पैठारी र राष्ट्र बैंक ऐनअन्तर्गत कसुरमा मुद्दा चलाउने राय दिइनेछ ।

प्रकाशित मिति : २७ भदौ २०८०, बुधबार  १२ : १२ बजे

शुक्रबार सुनको मूल्य तोलामा २ हजारले घट्यो

काठमाडौं । नेपाली बजारमा शुक्रबार सुनको मूल्य तोलामा २ हजार

रवि लामिछाने रिहाइ प्रक्रियाका लागि रुपन्देही अदालत जाँदै

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने रिहाइको प्रक्रिया

नेपालगन्जमा शनिबारदेखि ‘क्रस बर्डर टुरिज्म कन्क्लेभ-२०२५’ हुँदै

नेपालगन्ज । बाँकेको नेपालगन्जमा शनिबार ‘नेपालगन्ज क्रस बर्डर टुरिज्म कन्क्लेभ

दब्ल्याङको पहिरो नियन्त्रण गर्न सुरु

गलकोट । चार वर्षदेखि निरन्तर बग्दै आएको बागलुङ नगरपालिका-१० स्थित

मुस्ताङको चैले र चराङमा ३३ केभिए सवस्टेसन निर्माण सुरु

मुस्ताङ । यहाँका वारागुङ मुक्तिक्षेत्र-३ चैले र लोघेकर दामोदरकुण्ड गाउँपालिका-१