२० श्रावण २०८३, बुधबार | August 6, 2026

राष्ट्रपतिसँग मानवअधिकार आयोगका पदाधिकारीको भेट



काठमाडौं। राष्ट्रपति रामचन्द्र पौडेलसँग राष्ट्रिय मानव अधिकार आयोगका अध्यक्ष तपबहादुर मगरसहितका पदाधिकारीले राष्ट्रपतिसँग भेटवार्ता गरेका छन्।

राष्ट्रपतिको कार्यालय, शीतल निवासमा पुगेर आयोग अध्यक्ष मगरसहितको टोलीले राष्ट्रपति रामचन्द्र पौडेलसँग भेटघाट गरेको राष्ट्रपति कार्यालयले जनाएको छ। राष्ट्रपतिसँगको छलफलमा मानव अधिकार आयोगको स्तर निर्धारणको विषयमा छलफल भएको थियो।

आयोगका अध्यक्षले राष्ट्रिय मानव अधिकार आयोगले मानव अधिकार संरक्षण र सम्बद्र्धनका लागि सम्पादन गरेका कार्यको बारेमा जानकारी गराउँदै राष्ट्रिय मानव अधिकार आयोगलाई ‘ए’ श्रेणीमै कायम राख्नको लागि पेरिस सिद्धान्त बमोजिम राष्ट्रिय मानव अधिकार आयोग ऐन निर्माण गर्न राष्ट्रपतिबाट आवश्यक पहल हुनुपर्ने बताए।

राष्ट्रपति रामचन्द्र पौडेलले आयोगको स्तर ‘ए’ श्रेणीमै कायम राख्नको लागि आफ्नो तर्फबाट आवश्यक पहल गर्ने वचन दिएका छन्।

भेटघाटमा आयोगका सदस्यहरु डा। सूर्य ढुंगेल, मिहिर ठाकुर, मनोज दुवाडी, आयोगका कामु सचिव मुरारिप्र्रसाद खरेल, सहसचिव डा। टीकाराम पोखरेल र मानव अधिकार अधिकृत दुर्गा पोखरेल सहभागी थिए।

प्रकाशित मिति : २७ भदौ २०८०, बुधबार  ८ : १९ बजे

बाँकेमा पर्खाल भत्केर दुई कामदारको मृत्यु

नेपालगन्ज । नेपालगन्ज उपमहानगरपालिका–१९ स्थित भैयापुरमा रहेको इँटाभट्टाको पर्खाल भत्केर

प्रमुख जिल्ला अधिकारी तामाङबाट क्यान्सर अस्पतालको अनुगमन निरीक्षण

नेपालगन्ज । बाँकेका प्रमुख जिल्ला अधिकारी दीलकुमार तामाङले खजुरा स्थित

फिर्के खोलाका अनधिकृत संरचना भदौ १५ भित्र हटाउन निर्देशन

गण्डकी । पोखरा महानगरपालिकाले फिर्केखोलाको खोलाघरभित्र बनाइएका सबै संरचना आगामी

‘कश्मीरको राजनीतिक भविष्य’बारे पाकिस्तानी दूतावासमा अन्तरक्रिया

काठमाडौं । काठमाडौंस्थित पाकिस्तानी दूतावासले ‘कश्मीरको राजनीतिक भविष्य’बारे अन्तरक्रिया कार्यक्रम

तीन अन्तरराष्ट्रिय मानवअधिकारवादी संस्थालाई स्पष्टीकरण सोध्न समितिको निर्देशन

काठमाडौं । प्रतिनिधिसभाको कानुन, न्याय तथा मानवअधिकार समितिले नेपालको न्यायालयको