९ चैत्र २०८२, सोमबार | March 23, 2026

संविधानसभा अध्यक्ष नेम्वाङको आज राजकीय सम्मानका साथ अन्त्येष्टि गरिँदै



काठमाडौं । संविधानसभाका अध्यक्ष तथा एमालेका उपाध्यक्ष सुवास नेम्वाङको आज दाह संस्कार गरिने भएको छ ।

पार्टी मुख्यालयबाट हिजो पार्थीव शरीरलाई निजी निवास बालुवाटार राखिएर मुन्धुम परम्पराबाट अन्तिम धार्मिक संस्कार सकाए पछि आजै अपरान्ह १२ बजे अन्तिम संस्कार गरिन लागिएको हो ।

गत मंगलबार बिहान हृदयघातबाट निधन भएका नेम्वाङको पार्थीव शरीरलाई च्यासलस्थित पार्टी कार्यालयबाट मंगलबार देखी राखिएको थियो । र, हिजो पार्टी कार्यालयबाट नेम्वाङको पार्थीव शरीरलाई आफन्त, इष्टमित्र र परिवारका सदस्यबाट श्रद्धाञ्जली अर्पणका लागि निजी निवास लगिएको हो ।

मंगलबार दिउँसो भने पार्टी कार्यालय, च्यासल ललितपुर पुगेर प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, पूर्वप्रधानमन्त्रीहरु शेरबहादुर देउवा, केपी शर्मा ओली, माधवकुमार नेपाल, झलनाथ खनाल, डा। बाबुराम भट्टराईसहित विभिन्न राजनीतिक  दलका शीर्षनेता, कार्यकर्ता, शुभेच्छुकहरुले नेम्वाङप्रति श्रद्धाञ्जली अर्पण गरेका थिए ।

नेम्वाङको अन्त्येष्टि बिहीबार पुशपति आर्यघाटमा गर्ने कार्यक्रम छ भने सोही दिन सरकारले नेम्वाङको सम्मानमा सार्वजनिक बिदा दिने भएको छ । उनको राजकीय सम्मानसाथ अन्त्येष्टि गर्ने सरककारले निर्णय गरेको छ ।

प्रकाशित मिति : २८ भदौ २०८०, बिहिबार  ७ : १२ बजे

बेमौसमी वर्षाबाट इँटा उद्योग प्रभावित

महोत्तरी। बेमौसमी वर्षाका कारण महोत्तरीको इँटा उद्योगहरुमा रु ६ करोड

सडक फराकिलो बनाउन आफ्ना घरटहरा भत्काउन दरवाङवासी आफै अग्रसर

म्याग्दी । मालिका गाउँपालिका–६ दरवाङका बासिन्दाले सडक विस्तार गर्न स्वस्फूर्त

समुदायको विकासमा साझेदारी गर्दै सामुदायिक वन

नेपालगन्ज । बाँकेको राप्ती सोनारी गाउँपालिका–२ मदुईस्थित अशोक सामुदायिक वन

पोखरामा आन्तरिक पर्यटकलाई आकर्षित गर्न ‘जाउँ है पोखरा’ अभियान

पोखरा । आन्तरिक पर्यटन प्रवद्र्धनको मुख्य उद्देश्यले पूर्वी नेपालको प्रमुख

आज विश्व जल तथा मौसम दिवस मनाइँदै

काठमाडौं । ‘आजको अवलोकन, भोलिको सुरक्षा’ भन्ने नाराका साथ नेपालमा