२४ असार २०८३, बुधबार | July 8, 2026

राष्ट्रियसभा अध्यक्ष तिमिल्सना समवेदना दिन नेम्वाङ निवासमा



काठमाडौं। राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले संविधान सभा अध्यक्ष स्वर्गिय सुवासचन्द्र नेम्वाङको परिवारलाई निवासमै पुगेर समवेदना व्यक्त गरेका छन् । अध्यक्ष तिमिल्सिना आइतबार बिहान बालुवाटारस्थित नेम्वाङ निवासमा पुगेर समवेदना व्यक्त गरेका हुन् ।

अध्यक्ष तिमिल्सनाले परिवारका सदस्यहरुलाई राष्ट्रिय सभाका तर्फबाट समवेदना पत्र हस्तान्तरण समेत गरे । संविधानसभा अध्यक्ष एवं पूर्वसभामुख नेम्वाङको गत मंगलबार हृदयघातबाट निधन भएको थियो ।

अध्यक्ष तिमिल्सनाले हस्तान्तरण गरेको समवेदनापत्रमा नेपालको शान्तिप्रक्रिया र संविधानसभाबाट नेपालको संविधान जारी गराउन उनको महत्वपूर्ण भूमिकाको स्मरण गर्दै उनको निधनले नेपालको संसदले एक अनुभवी, असल र लोकप्रिय संसद एवं संसदको पूर्व नेता गुमाएको र राष्ट्रले एक सिद्धान्त निष्ठ देशभक्त इमान्दार नेता गुमाएको उल्लेख गरेका छन् ।

प्रकाशित मिति : ३१ भदौ २०८०, आइतबार  ४ : २८ बजे

औषधि आपूर्तिमा अनियमितता गरेको आरोपमा आठ कर्मचारीविरुद्ध मुद्दा

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले निजामती कर्मचारी अस्पतालको फार्मेसी

भुटानी शरणार्थी प्रकरणमा थप अनुसन्धान आवश्यक छ : पूर्व उपप्रधान तथा गृहमन्त्री श्रेष्ठ

काठमाडौं । पूर्व उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले भुटानी शरणार्थी

ध्रुवे हात्ती नियन्त्रणका लागि चौबीसै घण्टा अनुगमन, मृतक परिवारलाई राहत

काठमाडौँ । चितवन राष्ट्रिय निकुञ्जबाट गाउँ पसेको ध्रुवे हात्तीलाई नियन्त्रणमा

राहदानी सेवा दुई दिन बन्द हुने

काठमाडौं । राहदानी विभागले राहदानी सेवालाई नयाँ प्रणालीमा रूपान्तरण (माइग्रेसन)

बुटवलको हैदराबादी बिरयानी विवाद : आपसी सहमतिमा टुंगियो

बुटवल । बुटवलको हैदराबादी बिरयानी हाउसका सञ्चालक जनक खड्काले कामदारको