१५ बैशाख २०८१, शनिबार | April 27, 2024

‘सुवासजी संविधान जारी नहुने चिन्ताले उत्तेजित’



काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले संविधान जारी हुनबाट रोक्ने अनेक प्रयास गरिएको बताएका छन ।

अध्यक्ष ओलीले नेम्वाङको अन्त्येष्टि गरेर पशुपति आर्यघाटबाट फर्केपछि आठ वर्षअघि यसै समयको डायरीको पाना पल्टाउँदै सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन, “सुवासजी संविधान जारी नहुने चिन्ताले उत्तेजित हुनुभएको रहेछ । उहाँलाई मैले तपाईं ३ गतेको तयारी गर्नुस्, जे हुन्छ, त्यही दिन गरौँला भनेँ ।”

उनले सुवासजी तत्कालीन प्रधानमन्त्री सुशील कोइरालालाई भेटेर अलि अत्तालिँदै मलाई भेट्न आएको उल्लेख गर्दै भनेका छन, “उहाँले अलि हडबडाउँदै भन्नुभयो, ‘डरलाग्दो स्थिति छ, ३ गते संविधान जारी गर्नबाट रोकियो भने संविधान मात्रै होइन, सबै बर्बाद हुनेछ । यस्तो भयो भने त देश नै सकिन्छ ।’”

दलका नेता, संविधानसभाका अध्यक्ष, प्रधानमन्त्री सबैलाई संविधान रोक्न निकै ठूलो दबाब रहेको उल्लेख गर्दै अध्यक्ष ओलीले आफूलाई भेटन आउँदा सधैँ शान्तरूपमा प्रस्तुत हुने नेता नेम्वाङ त्यो दिन कडारूपमा प्रस्तुत भएको बताएका छन ।

अध्यक्ष ओलीले संविधान जारी भएपछि नाकाबन्दी भएको भन्दै भनेका छन, “हामीले नाकाबन्दीको त्यो अप्ठ्यारो पार गरेको झलझली सम्झिरहेको छु, सुवासजी !”

प्रकाशित मिति : २८ भाद्र २०८०, बिहिबार  १० : ३९ बजे

ताइवानमा ६.१ रेक्टरको भूकम्प

काठमाडौं । ताइवानमा भूकम्पको धक्का महसुस गरिएको छ । ताइवानको

पञ्जाव र कोलकोताबीचको ऐतिहासिक खेलमा बनेका चार किर्तिमान

काठमाडौं । यस सिजनको इण्डियन प्रिमियर लिग (आइपिएल) मा ब्याट्सम्यानहरुले

बुटवलको गर्मी छल्न जाने होइन त पाल्पाको नुवाकोट ? यस्तो छ विशेषता र महत्व

बुटवल । नेपालको राष्ट्रियता जोगाउने सबै भन्दा ठुलो युद्धमा विजयको

राजा चार्ल्स तृतीय छिट्टै सार्वजनिक जीवनमा फर्किदै

काठमाडौं । बेलायतका राजा चार्ल्स तृतीय आफ्नो जिम्मेवारी पूरा गर्न

बागलुङ–म्याग्दी सडक कालोपत्र गरिँदै

बागलुङ । बागलुङ– म्याग्दी सडकअन्तर्गत बागलुङको गलकोट नगरपालिका–३ हटिया बजार–