१० जेष्ठ २०८३, आइतबार | May 24, 2026

सुवास नेम्वाङको निधनमा प्रतिनिधिसभाबाट शोक प्रस्ताव पारित



काठमाडौं । प्रतिनिधिसभाले संविधानसभा अध्यक्ष, प्रतिनिधिसभा सदस्य तथा एमालेका उपाध्यक्ष सुवासचन्द्र नेम्वाङको निधनमा शोक प्रस्ताव पारित गरेको छ ।

बिहीबार बसेको बैठकले सर्वसम्मत रुपमा शोक प्रस्ताव पारित गरेको सभामुख देवराज घिमिरेले जानकारी दिए । नेम्वाङको निधनको शोकमा प्रतिनिधिसभासभामा एक मिनेट मौनधारण गरिएको थियो ।

गत मंगलबार हृदयघातबाट निधन भएका नेम्वाङको बिहीबार राजकीय सम्मानका साथ पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको छ । उनको निधनप्रति शोक व्यक्त गर्दै सरकारले बिहीबार सार्वजनिक बिदासमेत दिएको छ ।

उनी संविधानसभा अध्यक्ष, पूर्वसभामुख तथा प्रतिनिधिसभा सदस्य हुन् । नेम्वाङ २०४८ र २०५२ सालमा राष्ट्रियसभा सदस्य रहेका थिए ।

यसअघि बिहीबार नै बसेको राष्ट्रिय सभा बैठकले पनि नेम्वाङको निधनमा शोक प्रस्ताव पारित गरेको थियो ।

प्रकाशित मिति : २८ भदौ २०८०, बिहिबार  ५ : ५९ बजे

विद्युत प्राधिकरणको नेपालगन्ज वितरण केन्द्र परिषरमा आगलागी

नेपालगन्ज । बाँकेको नेपालगन्ज स्थित विद्युत प्राधिकारणको नेपालगन्ज वितरण केन्द्र

पाकिस्तानको बलुचिस्तानमा रेलमा विस्फोट, २४ को मृत्यु

इस्लामावाद । पाकिस्तानको दक्षिणपश्चिमी प्रान्त बलुचिस्तानमा सैनिक कर्मचारी र उनीहरूका

तीव्रगतिका कारण हुन्छन् ५० प्रतिशत बढी दुर्घटना

काठमाडौं । वैशाख महिनामा देशका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामध्ये

नेपाल चिकित्सक सङ्घको सम्मेलन जेठ १६ र १७ मा

चितवन । नेपाल चिकित्सक सङ्घले यही जेठ १६ र १७

ओलीमाथि दबाबका बीच एमाले सचिवालय बैठक जारी

काठमाडौं । नेकपा एमाले को केन्द्रीय सचिवालय बैठक भक्तपुरको गुण्डुस्थित