२० श्रावण २०८३, बुधबार | August 6, 2026

विद्यार्थीलाई सडकमै ट्राफिक सचेतना गराइँदै



धादिङ ।राजमार्ग क्षेत्रका विद्यार्थीलाई लक्षित गरेर जिल्ला ट्राफिक प्रहरी कार्यालय गजुरी, धादिङले ट्राफिक सचेतना अभियान थालेको छ । राजमार्ग क्षेत्रमा हुने दुर्घटना न्यून गर्न विद्यार्थीलाई ट्राफिक नियमका बारेमा जानकारी तथा सचेत गराउन थालिएको हो ।
ट्राफिक नियमको अभावमा साना विद्यार्थीले अकालमै ज्यान गुमाउन नपरोस्, कुनै पनि दुर्घटनामा नपरुन् भन्ने उद्देश्यले सैद्धान्तिक र व्यवहारिक ज्ञान सिकाइएको जिल्ला ट्राफिक प्रहरी कार्यालयका गजुरीका प्रहरी निरीक्षक रवीन्द्रकुमार श्रेष्ठले बताए। विशेष गरी विद्यार्थीलाई दैनिक जिवनमा काम लाग्ने कुराहरु सिकाइएको उनी बताउँछन् ।
“राजमार्ग क्षेत्रमा हुने दुर्घटना जोखिमको समूहभित्र विद्यार्थी पनि पर्छन् । विगतको तथ्याङ्क हेर्दा पनि सडक पार गर्नेबेला ध्यान नपुगेकै कारण पनि सानासाना विद्यार्थीले ज्यान गुमाउनु परेको देखिन्छ”, प्रहरी निरीक्षक श्रेष्ठले भने, “सडक कसरी पार गर्ने, कुन साइडबाट हिँड्ने, राजमार्गको सडक पार गर्दा के के कुरामा ध्यान दिनुपर्छ भन्ने कुरा सडकमै उभिएर सैदान्तिक र व्यवहारिक रुपमा ज्ञान दिइएको हो ।”
विद्यालय जाने र विद्यालयबाट फर्किने समयमा जेब्राक्रसिङमै केहीबेर विद्यार्थी रोकेर ट्राफिक नियम पालनासँगै सडक पार गर्दा ध्यान दिनुपर्ने कुरा सिकाउने गरिएको छ । अभियानकै रुपमा थालिएको ट्राफिक सचेतना कार्यक्रमअन्तर्गत अहिले गजुरी बजार आसपासका विद्यार्थीलाई सिकाइएको छ । अघिल्लो वर्ष पनि गजुरी बजारमै एक जना विद्यार्थीले सडक पार गर्ने क्रममा ज्यान गुमाउनु परेको कुरालाई समेत ध्यानमा राखेर कार्यक्रम सुरु गरिएको प्रहरी निरीक्षक श्रेष्ठको भनाइ छ ।
ट्राफिक नियम पालनाका कुरामा ध्यान नदिँदा हरेक वर्ष गजुरी, गल्छी, मलेखु लगायतका क्षेत्रमा मानवीय क्षति हुने गरेको छ । ट्राफिक नियमअन्तर्गत सडक, सडक चिह्न प्रयोग, सवारी साधनको प्रयोग गर्ने तरिका र सडक पार गर्दा दायाँबायाँ ध्यान दिनुपर्ने कुराको विषयमा विद्यार्थीलाई जानकारी तथा सचेत गराइएको प्रहरी निरिक्षक श्रेष्ठले जानकारी दिए।
बजार क्षेत्रमा मनलाग्दी ढङ्गबाट सडक पार गर्दा दुर्घटनाको जोखिम बढेको छ । यातायात व्यवस्था ऐन, २०४९ का बारेमा जानकारी गराउनुका साथै सडक प्रयोग गर्दा अपनाउनुपर्ने सावधानीका विषयमा जानकारी विद्यार्थीलाई गराइएको छ । चाडपर्व नजिकिएसँगै राजमार्गमा सवारीसाधनको चाप अत्यधिक बढ्ने र दुर्घटनाको जोखिम कम गर्न जिल्ला ट्राफिक प्रहरी कार्यालयले धादिङमा हरेक दिन ठाउँठाउँमा भिन्दाभिन्दै कार्यक्रम गर्दै आएको छ ।

प्रकाशित मिति : २८ भदौ २०८०, बिहिबार  ८ : ५१ बजे

बाँकेमा पर्खाल भत्केर दुई कामदारको मृत्यु

नेपालगन्ज । नेपालगन्ज उपमहानगरपालिका–१९ स्थित भैयापुरमा रहेको इँटाभट्टाको पर्खाल भत्केर

प्रमुख जिल्ला अधिकारी तामाङबाट क्यान्सर अस्पतालको अनुगमन निरीक्षण

नेपालगन्ज । बाँकेका प्रमुख जिल्ला अधिकारी दीलकुमार तामाङले खजुरा स्थित

फिर्के खोलाका अनधिकृत संरचना भदौ १५ भित्र हटाउन निर्देशन

गण्डकी । पोखरा महानगरपालिकाले फिर्केखोलाको खोलाघरभित्र बनाइएका सबै संरचना आगामी

‘कश्मीरको राजनीतिक भविष्य’बारे पाकिस्तानी दूतावासमा अन्तरक्रिया

काठमाडौं । काठमाडौंस्थित पाकिस्तानी दूतावासले ‘कश्मीरको राजनीतिक भविष्य’बारे अन्तरक्रिया कार्यक्रम

तीन अन्तरराष्ट्रिय मानवअधिकारवादी संस्थालाई स्पष्टीकरण सोध्न समितिको निर्देशन

काठमाडौं । प्रतिनिधिसभाको कानुन, न्याय तथा मानवअधिकार समितिले नेपालको न्यायालयको