४ पुस २०८२, शुक्रबार | December 19, 2025

नेम्वाङ पार्थीव शरीरमा राष्ट्रिय झन्डा ओढाएर प्रधानमन्त्रीद्वारा सम्मान व्यक्त



काठमाडौं। संविधानसभा अध्यक्ष तथा नेकपा एमालेका उपाध्यक्ष सुवास नेम्वाङको पार्थीव शरीरमा राष्ट्रिय झण्डा ओढाएर प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सरकारको तर्फबाट सम्मान व्यक्त गरेका छन् ।

बिहीबार पशुपति आर्यघाट पुगेर प्रधानमन्त्री प्रचण्डले नेम्वाङको पार्थीव शरीरमा राष्ट्रिय झन्डा ओढाएर सम्मान व्यक्त गरेका हुन् ।

पशुपति आर्यघाट पुगेर गृहमन्त्री नारायणकाजी श्रेष्ठ, सभामुख देवराज घिमिरे, कांग्रेस सभापति शेरबहादुर देउवा, राप्रपाका अध्यक्ष राजेन्द्र लिङदेनलगायतका विभिन्न राजनीतिक दलका शीर्षनेता, नेता तथा कार्यकर्ता शुभेच्छुकले पशुपति आर्यघाट पुगेर श्रद्धाञ्जली दिएका छन् । अहिले पनि श्रद्धाञ्जली दिने कार्य चलिरहेको छ ।

बिहीबार बिहान नेम्वाङनिवास बालुवाटारबाट शवयात्रासहित नेम्वाङको पार्थीव शरीरलाई पशुपति आर्यघाट पुर्‍याइएको हो ।

गएको मंगलबार बिहान हृदयाघातबाट निधन भएका नेम्वाङ राजकीय सम्मानका साथ अन्त्येष्टि गरिँदै छ । मंगलबार च्यालसस्थित पार्टी कार्यालयमा राखिएको नेम्वाङको पार्थीव शरीरलाई बुधबार दिउँसो निजी निवास बालुवाटार लगिएको थियो । बिहीबार निजी निवास बालुवाटारबाट शवयात्रासहित उनको पार्थीव शरीरलाई पशुपति आर्यघाट लगिएको हो ।

उनको निधनको शोकमा सरकारले बिहीबार सार्वजनिक बिदा दिएको छ ।

प्रकाशित मिति : २८ भदौ २०८०, बिहिबार  २ : ३२ बजे

रिहा भएपछि रविले भने – केही समय धैर्य गर्नुहोला, मैले धेरै कुरा भन्न बाँकी छ

भैरहवा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने आज

राष्ट्रपतिद्वारा प्रतिनिधिसभा सदस्य निर्वाचन (पहिलो संशोधन) अध्यादेश २०८२ जारी

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले आज प्रतिनिधिसभा सदस्य निर्वाचन (पहिलो

त्रिभुवन विश्वविद्यालयको ५९औँ दीक्षान्त समारोह पुस १० गते दशरथ रंगशालामा हुँदै

काठमाडौं । त्रिभुवन विश्वविद्यालय (त्रिवि) ले आफ्नो ५९औँ दीक्षान्त समारोह

थुनामुक्त भएपछि रवि लामिछाने पार्टी नेतृत्वमा फर्किने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने थुनामुक्त

पार्टीभित्रका असन्तुष्टि सार्वजनिक सञ्चार माध्यममा नपोख्न अध्यक्ष ओलीको निर्देशन

काठमाडौ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा