२५ मंसिर २०८२, बिहिबार | December 11, 2025

बुटवलका प्रमुख र उपप्रमुखले पोशाक र कापी हस्तान्तरण गरेर मनाए बाल दिवस



बुटवल । बुटवलका प्रमुख र उपप्रमुखले बालबालिकालाई पोशाक र कापी हस्तान्तरण गरेर राष्ट्रिय बाल दिवस मनाएका छन् ।

शुक्रबार राष्ट्रिय बाल दिवसको अवसर पारेर बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेय र उपप्रमुख सावित्रादेवी अर्यालले बुटवल ५ मा रहेको बाल विद्या मन्दिरका ३२ जना बालबालिकालाई पोशाक, पोशाक सिलाउने रकम, कापी, पेन्सिल र खाजा दिएका हुन्।

पोशाक हस्तान्तरण गर्दै नगर प्रमुख पाण्डेयले घरबाट बालबालिकालाई उचित शिक्षा र उपयुक्त वातावरण प्रदान गर्नुपर्ने बताए।

‘घर नै बालबालिकाको पहिलो सिकाइ गर्ने थलो हो, घरमै उचित वातावरण दिइएन भने बालबालिकाको भविष्य राम्रो हुँदैन’, उनले भने, ‘केही आर्थिक स्थिति कमजोर भएका अभिभावकले आफ्ना छोराछोरीलाई माग्न पठाउने र त्यो रकमबाट मदिरा सेवन गर्ने गरेको पनि पाइएको छ, घरमा यस्तो सिकाइ भयो भने बालबालिकाको भविष्य कसरी राम्रो हुन्छ, यसतर्फ पनि हामी सचेत हुनुपर्दछ।’

कार्यक्रममा बोल्दै उपप्रमुख सावित्रादेवी अर्यालले बालबालिकाको भविष्यबारे अभिभावकले पहिलो चासो दिनुपर्ने र त्यसपछि समाजमा उपयुक्त वातावरण दिनुपर्ने बताइन्।

कार्यक्रममा बाल संगठनका साजन भण्डारी, बुटवल उपमहानगरपालिकाका निर्देशक तुलसा अर्याललगायतले बोलेका थिए।

प्रकाशित मिति : २९ भदौ २०८०, शुक्रबार  ४ : ५८ बजे

रहेनन् मूर्तिकार बालकृष्ण तुलाधर

काठमाडौं । मूर्धन्य मूर्तिकार बालकृष्ण तुलाधरको ९१ वर्षको उमेरमा आज

नक्कली नोटसहित एक जना पक्राउ

काठमाडौं । सर्लाहीको विष्णु गाउँपालिका-६ बाट नेपाली एक हजार दरका

समानुपातिकतर्फ आवेदन दिएका दलले आज नाम फिर्ता लिनसक्ने

काठमाडौं । निर्वाचन आयोगले समानुपातिक निर्वाचन प्रणालीतर्फ भाग लिन दल

पूर्वराष्ट्रपतिद्वारा आगजनी र तोडफोडबाट क्षतिग्रस्त सङ्घीय संसद् भवनको अवलोकन

काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले जेनजी प्रदर्शनका क्रममा आगजनी र

एनपीएल : नवप्रतिभाका लागि सुनौलो अवसर

काठमाडौं । नेपाल क्रिकेट सङ्घ क्यानको आयोजनामा कीर्तिपुरस्थित त्रिवि अन्तरराष्ट्रिय