२१ भदौ २०८३, आइतबार | September 6, 2026

बाल दिवसको अवसरमा स्वस्थ शिशु प्रतियोगिता : रेहान बने पहिलो



बुटवल । लायन्स क्लब अफ तिलोत्तमा मायादेवीले राष्ट्रिय बाल दिवसको अवसरमा शुक्रबार ‘स्वस्थ शिशु’ प्रतियोगिता सम्पन्न गरेको छ । परिवार नियोजन संघ बुटवलको प्राविधिक सहयोगमा आयोजित प्रतियोगितामा बालबालिकाहरुको स्वस्थमा परीक्षण गरी उनीहरुलाई पुस्कृत गरिएको हो ।

प्रतियोगितामा भावना शाक्यका शिशु रेहान सिमाङ्गैडा प्रथम हुन सफल भए । यसैगरी स्यामु आले दोस्रो तथा आयांश तामाङ तेस्रोत हुन सफल भए । प्रतियोगितामा रियान्सी श्रेष्ठ, आराध्या श्रेष्ठ र आरान्या शाक्यलाई सान्त्वमा पुरस्कार प्रदान गरिएको क्लबले जनाएको छ ।

प्रतियोगितमा सहभागी बालबालिकाहरुको आम्दा अस्पताल बुटवलका बाल रोग विशेषज्ञ डा. प्रदिप शर्माले परीक्षण गरेका थिए । बालकालिकाहरुको उमेर, तौल, आहार, नाक, कान, घाँटी, आँखा, मुख लगायक हरेक अङ्गहरुको परीक्षण तथा स्वस्थताका आधारमा छनोट गरिएको उनले बताए ।

प्रतियोगितामा प्रदेशदेखि तेस्रो हुने बालबालिकाहरुलाई साइकल तथा सान्त्वना हुने ३ जनालाई आकर्षक खेलौना प्रदान गरिएको प्रतियोगताका संयोजक संगीता श्रेष्ठले जानकारी दिइन् । विभिन्न ठाउँका २५ जना बालबालिका सहभागी प्रतियोगितामा सबै अभिभावक तथा बालबालिकाहरुलाई प्रोत्साहनका लागि हात खाली नजाने विभिन्न उपहार प्रदान गरिएको उनले बताइन् ।

प्रतियोगिताको अवसमा बोल्दै डिष्ट्रिक ३२५ पी-२ का गभर्नर अर्जुनमान सैजुले सामाजिक क्रियाकलापमा सहभागी गराउँदै क्लबले आफूलाई क्रियाशिल बनाएकोप्रति धन्यवाद ज्ञापन गरे । कार्यक्रममा बोल्दै एमजेएफ पुरुषेत्तममान प्रधानाङ्ग, पिएमजेएफ बालाराम भट्टराई, प्रमोद कसजु, क्लबका संस्थापक अध्यक्ष सरस्वती अमात्य तथा आसा अमात्य कसजू लगायतले क्लबलाई सामाजिक क्रियाकलपामा थप सक्रिय बनाउन सुझा दिए । क्लबका अध्यक्ष सरोज श्रेष्ठको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन सचिव सिर्जना श्रेष्ठले गरेकी थिइन् भने प्रमुख सल्लाहकार यसोधा थैव, पूर्व अध्यक्ष तथा सल्लाहकार निलिमा शाक्य लगायतले शुभकामना व्यक्त गरेका थिए ।

प्रकाशित मिति : ३० भदौ २०८०, शनिबार  ८ : ०४ बजे

परेवाभिरमा सडक मर्मत नसकिएपछि मलेखु-काठमाडौं सडक बन्द

काठमाडौं । मलेखु-काठमाडौं सडकखण्डअन्तर्गत धादिङको गजुरी गाउँपालिका-२ परेवाभिरमा सडक मर्मत

पहिरोले रोल्पाको सहिदमार्ग अवरुद्ध

रोल्पा । गएराती परेको अविरल वर्षाका कारण पहिरो खस्दा रोल्पाको

पहिरोले साँफे-मार्तडी सडकखण्ड अवरुद्ध

बाजुरा । बाजुरामा अविरल वर्षासँगै विभिन्न स्थानमा पहिरो खस्दा जिल्ला

हालान्डको गोलमा म्यानचेस्टर सिटीको लगातार तेस्रो जित

काठमाडौं । म्यानचेस्टर सिटीले इंग्लिस प्रिमियर लिगमा आफ्नो विजयी यात्रा

भोटेकोशी बाढी : ६४ करोड बराबरका खानेपानी आयोजनामा क्षति

काठमाडौं । रसुवास्थित भोटेकोसी नदीमा भदौ १० गते आएको विनासकारी