१ श्रावण २०८३, शुक्रबार | July 17, 2026

एनआरएनए महिला संयोजकमा अनुजा प्रधानले उम्मेदवारी दिने



लण्डन ( गैरआवासीय नेपाली संघ (एनआरएनए)को आगामी अक्टोवर महिनामा हुने ११ औं महाधिवेसनमा अन्तराष्ट्रिय महिला संयोजकमा अनुजा प्रधानले उम्मेदवारी दिने भएकी छन् । उनी एनआरएनएको पूर्वआईसीसी सदस्य हुन् ।

यस अघि गैरआवासीय नेपाली संघको यूरोप संयोजकमा उम्मेदवारी दिने चाहना राखेकी प्रधानले महाधिवेसन प्रतिनिधिहरुको सुझाव र संघभित्र महिला नेतृत्वलाई सशक्त बनाउने उदेश्यले अन्तराष्ट्रिय महिला संयोजकमा उम्मेदवारी दिने निचोडमा पुगेको बताइन् ।

सन् २००४ मा १८ वर्षको उमेरमा बेल्जियम छिरेकी अनुजा प्रधान अहिले एथ्रोपमा रहेको तुफ्भान एडअन (हेड अफ पराडाइज) रेष्टुरेन्ट चलाएकी छन् । प्रधानले अहिले क्याफे, रेष्टुरेन्ट र होटलको लगानीकर्ता बनेकी छन् । सन् २००७ मा सुसीको रेष्टुरेन्ट टेकओभर गरेपछि उनले लगातार १४ वर्ष परिवारको सहयोगमा व्यापारमा हात हालेकी हुन् ।

उनले सन् २०१८ मा सफल व्यवसायी जीवा लामिछाने र कुमार पन्तसँग जोडिएर होटल व्यसायमा समेत प्रवेश गरेकी छन् । नेपाल, स्पेन लगायतका अन्य देशमा समेत आफ्नो लगानी बढाएकी प्रधान अहिले व्यवसायबाट वार्षिक रुपमा मिलियन्स युरोको व्यापार गर्छिन् ।

गैरआवासीय नेपाली संघको निर्वाचन अक्टोबर तेस्रो साता अनलाइन (हाइब्रिड)मार्फत हुँदैछ । संघको नेतृत्वको लागि अध्यक्षमा डा. बद्री केसी, महेश श्रेष्ठ, डा। हेमराज शर्मा, रविना थापा, आरके शर्मा र विनय अधिकारीले उम्मेदवारी दिने घोषणा गरेका छन् ।

प्रकाशित मिति : ३० भदौ २०८०, शनिबार  १२ : ५१ बजे

कोशी नदी जलप्रवाह बढेपछि प्रशासन सतर्क, ब्यारेजको अनुगमन

धरान । सप्तकोशी नदीमा जलप्रवाह बढ्दै गएपछि सुनसरी प्रशासनले विपद्

आजदेखि नयाँ कर व्यवस्था लागू, शिक्षा–स्वास्थ्यमा ३५ समता शुल्कदेखि सेयर लाभकरसम्म बढ्यो

काठमाडौँ । आर्थिक वर्ष २०८३/८४ सुरु भएसँगै सरकारले बजेटमार्फत घोषणा

आर्थिक वर्षको अन्तिम तीन दिनमै ५० अर्बभन्दा बढी राजस्व संकलन

काठमाडौँ । आर्थिक वर्ष २०८२/८३ को अन्तिम तीन दिनमा संघीय

गत आर्थिक वर्षमा बजेट खर्च ८० प्रतिशत मात्र, राजस्व असुली ८३ प्रतिशत

काठमाडौं । गत आर्थिक वर्ष २०८२/८३ मा सरकारको आम्दानी र

सुनको मूल्य प्रतितोला तीन हजार १०० ले घट्यो

काठमाडौं । स्थानीय बजारमा आज सुनचाँदीको मूल्य घटेको छ ।