१५ भदौ २०८३, सोमबार | August 31, 2026

एकमहिने गुँला पर्व सम्पन्न



भक्तपुर । चान्द्रमासअनुसार श्रावण शुक्ल प्रतिपदादेखि भाद्र शुक्ल प्रतिपदासम्म एक महिनासम्म मनाइने गुँला पर्व आजदेखि सम्पन्न भएको छ ।

विशेष गरी बौद्ध समुदायले मनाउने यो पर्वमा सांस्कृतिक बाजागाजाका साथमा बुद्ध भगवानको भजनकीर्तन गाएर मठमन्दिर, बौद्ध चैत्य परिक्रममा गरी मनाइएको छ । नेपाल भाषामा ‘गुँ’ को अर्थ नवौँ र ‘ला’ को अर्थ महिना हो । यसरी गुँलाको अर्थ नवौँ महिना भन्ने बुझिन्छ । गत साउन ३२ गतेदेखि सुरु भएको यस पर्व विभिन्न स्थानीय बौद्ध चैत्यको परिक्रमा गरी सम्पन्न आज भएको हो ।

बौद्ध समुदायबाहेक हिन्दू धर्मावलम्बीका नेवार समुदायले पनि पछिल्लो वर्षमा यो पर्व मनाउन थालेको स्थानीय संस्कृतीकर्मी रामशेखर शाक्यले बताए । हरेक दिन दुईदेखि तीन सय धर्मावलम्बीको सहभागिता रहने गुँला बाजाले प्रत्येक बिहान नगरका विभिन्न मठमन्दिर, बौद्ध विहार र चैत्य परिक्रमा गरेर विशेष पूजाआजाका साथ मनाएको उनले बताए ।

यस पर्वमा प्रत्येक दिन नौ बाजा बजाएर चैत्य तथा मन्दिर परिक्रममा गरिने, एक महिनासम्म व्रर्तालुले नुन नखाई एक छाकमात्र खाने र पर्व अवधिभर बिहान बेलुका पूजाअर्चना गर्ने प्रचलन रहेको शाक्यले जानकारी दिए ।

दर्शन गर्न जाँदा विभिन्न बाजागाजा बजाएर श्लोक मन्त्रोचारण गरेर मठ, मन्दिर, चैत्य, विहार परिक्रमा गर्ने गरिन्छ । गुँला पर्व भक्तपुर, काठमाडौं, ललितपुर, कीर्तिपुर, मध्यपुरथिमिमा पनि यस्तै प्रक्रियाबाट मनाउने परम्परा छ ।

उनका अनुसार पर्वमा स्वयम्भू महाचैत्य, बौद्ध चैत्य, स्थानीय बहाः, बही, चैत्यलगायत उपत्यकाका विभिन्न चैत्यस्थलको दैनिक परिक्रमा गरिएको थियो । राँगा, भेडाको सिङबाट बनाइएको ‘न्याकुँ’ बाजा, दाफा, धाः, बाँसुरी, धिमे, भुस्यालगायत नौ बाजा बजाएर परिक्रमा गर्ने प्रचलन छ ।

काठमाडौंवासीले स्वयम्भू महाचैत्य दर्शन गरेपछि शोभा भगवती हुँदै विजयेश्वरी र त्यहाँबाट केलटोलस्थित सेतो मत्स्येन्द्रनाथ दर्शन गर्ने, ललितपुरवासीले पाटन र चोभारस्थित मत्स्येन्द्रनाथ मन्दिर, मन्जुश्री, गोल्डेन टेम्पललगायत पाटनका विभिन्न विहाररमहाविहारमा पूजा गर्न शाक्यले जानकारी दिए । उनका अनुसार भक्तपुर र मध्यपुरथिमिमा विभिन्न बहाः बहि, चैतयलगायतको परिक्रमा गिरएको थियो ।

कतिपय ठाउँमा गुँला पर्वमा बजाउने बाजागाजामा आर्थिक र जनशक्ति अभावका कारण कपाली समुदायले बजाउने म्वाली बाजाबिना नै पर्व मनाइएको गुरु बज्राचार्यले बताए । उनले यस पर्वमा एक महिनासम्म दशशीलको पालना गर्नुपर्ने जनाउँदै एक महिनाको अवधिमा कम्तीमा प्राणी हिंसा नगर्ने, कसैले नदिइ केही पनि नलिने, नराम्रो काम गर्ने, झुटो कुरा नबोल्ने, लागुपदार्थ एवं मद्यपान नगर्ने, परस्त्री सम्पर्क गर्न नहुने उनले बताए ।

सकेसम्म अग्लो खाटमा नसुत्ने, मनोरञ्जन नगर्ने, समयमै भोजन गर्ने, आभूषण ग्रहण नगर्ने र ब्रह्मचर्यमा बस्न सके दशशील पालना हुने बज्राचार्यको भनाइ थियो । भक्तपुरमा गुँला पर्वका अवसरमा भदौ ४ गते चाँगुनारायण, ६ गते साँखु बज्रयोगिनी, १३ गते काभ्रेपलाञ्चोकको नमोबुद्ध, २० गते बाँडेगाउँ, २७ गते ललितपुरको जलविनायक र कार्यविनायक र ३० गते आज यहाँका विभिन्न चैत्य र स्वयम्भू महाचैत्यको परिक्रमा गरी मनाइएको छ ।

स्थानीयले महिलाले नेवारी पोशाक लगाएर परिक्रमा गर्ने प्रचलन छ । बौद्ध चैत्यसँगै इष्टदेवता, गणेश, भीमसेन भैरवलगायतका देवी, देवताकोसमेत परिक्रमा गर्ने प्रचलन रहेको बज्राचार्यले बताए । आज बिहानैदेखि मध्यपुरथिमि, भक्तपुरका विभिन्न चैत्यमा नौ बाजा बजाएर गुलाँ पर्व सम्पन्न गरिएको थियो ।

प्रकाशित मिति : ३० भदौ २०८०, शनिबार  ४ : ४१ बजे

प्रधानमन्त्री र रास्वपा सभापतिबीच उद्धार र पुनःस्थापनाबारे छलफल

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाह र सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी

‘पार्वती’ टिमद्वारा बाढीपीडितका लागि ११ लाख बढी सहयोग

काठमाडौं । रसुवाको भोटेकोशीमा गत मंगलबार आएको अकल्पनीय बाढीबाट प्रभावित

रसुवा बाढी : सेनाद्वारा ३३० जनाको उद्धार, सुरुङमा खोजीकार्य जारी

रसुवा । रसुवामा यही भदौ १० गते भोटेकोशीमा गएको बाढीका

रसुवामा विद्युत् आपूर्तिका लागि साञ्जेन जलविद्युत् गृह ‘आइसोलेटेड मोड’मा सञ्चालन गरिने

काठमाडौं । भोटेकोशी बाढीका कारण विद्युत् आपूर्ति प्रभावित बनेको रसुवामा

‘आफ्ना मान्छे फर्कने आशा र अनिष्टको डरबीचमा बाँकेका पीडित परिवार’

नेपालगन्ज । “छोरीले तिहारमा आउँछु आमा, राम्ररी बसे है भनेर