१५ भदौ २०८३, सोमबार | August 31, 2026

नेपालगन्ज र आसपासको क्षेत्रमा स्क्रब टाइफस, एन्फ्लुएन्जा र डेंगी संक्रमित बढे



नेपालगन्ज । नेपालगन्ज सहित यस आसपासका क्षेत्रमा स्क्रब टाइफस र एन्फ्लुएन्जाबाट संक्रमित विरामी बढ्न थालेका छन् । नेपालगन्जका अस्पतालहरुमा स्क्रब टाइफस र एन्फ्लुएन्जा सहित डेंगीका विरामी पनि भेटिएका छन् ।

रुघाखोकी, ज्वरो, टाउको दुख्ने समस्या भएर अस्पताल आएका अधिकांस विरामीमा स्क्रब टाइफस र एन्फ्लुएन्जा पुष्टि भएको चिकित्सकहरुले बताएका छन् । नेपालगन्ज नर्सिङ होममा मात्र झण्डै १० बढी स्क्रब टाइफस र एन्फ्लुएन्जाका विरामी उपचाररत रहेको अस्पतालले जनाएको छ ।

पछिल्ला दिनमा बालबालिकामा स्क्रब टाइफस र डेंगी देखिएको बाल रोग विशेषज्ञ डा. रोमा बोराले बताइन् ।

नेपालगन्जको भेरी अस्पताल र मेडिकल कलेजमा स्क्रब टाइफस, एन्फ्लुएन्जा र डेंगीका विरामी उपचाररत रहेको ती अस्पतालहरुले जनाएका छन्् ।

स्क्रब टाइफस एक किसिमको सरुवा रोग हो । यो रोग मुसामा लाग्ने किर्नाजस्तो देखिने किराको टोकाईबाट मानिसमा सर्छ ।

स्क्रब टाइफसको संक्रमण भएमा धेरै ज्वरो आउने, टाउको दुख्ने, पसिना धेरै आउने, छाला चिलाउने, आँखा रातो हुँदै जाने, निम्फोग्राफी सुन्निनेजस्ता लक्षण देखा पर्ने भेरी अस्पताल, नेपालगन्जका प्रमुख कन्सल्टेन्ट फिजिसियन डा राजन पाण्डेले बताए । डा पाण्डेका अनुसार विस्तारै खोकी लाग्ने, पेट दुख्ने, पखाला लाग्ने, श्वास प्रश्वासमा अवरोध आउनेजस्ता समस्या बढ्न थाल्छ र टोकेको ठाउँमा कालो सानो दाग बस्दै जान्छ ।

भेरी अस्पताल, नेपालगन्जका एन्फ्लुएन्जा फोकलपर्सन डा खगेन्द्रजंग शाहले विगत दुई सातादेखि अस्पतालमा एन्फ्लुएन्जाका विरामी बढेको बताए । भेरीले विरामीको नमूना परीक्षणका लागि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा पठाउने गर्दछ । परीक्षण गरेका करिव ४० प्रतिशतमा एन्फ्लुएन्जा देखिएको उनले बताए। मौसमी एन्फ्लुएन्जा एक किसिमको भाइरस संक्रमण हो । बोलीचालीमा यसलाई फ्लु पनि भनिन्छ ।

प्रकाशित मिति : ३० भदौ २०८०, शनिबार  ९ : ३० बजे

‘आफ्ना मान्छे फर्कने आशा र अनिष्टको डरबीचमा बाँकेका पीडित परिवार’

नेपालगन्ज । “छोरीले तिहारमा आउँछु आमा, राम्ररी बसे है भनेर

नारायणी अस्पतालवाट शिशु चोरी

वीरगन्ज । वीरगन्जस्थित नारायणी अस्पतालबाट नवजात शिशु चोरी भएको घटना

Indian Defence Minister Visits Nepal Embassy, Expresses Solidarity Over Flood Tragedy

New Delhi. Indian Defence Minister Rajnath Singh visited the Embassy

नेपालको दुःखमा भारतको साथ : दूतावास पुगेर भारतीय रक्षामन्त्री सिंहले दिए समवेदना

काठमाडौं । भारतका रक्षामन्त्री राजनाथ सिंहले नयाँ दिल्लीस्थित नेपाली दूतावास

तनहुँमा भेटिएका शव जङ्गलमा व्यवस्थापन गरिँदै

तनहुँ । देवघाटस्थित त्रिशूली नदीमा फेला परेका शवको व्यवस्थापन व्यास