५ पुस २०८२, शनिबार | December 20, 2025

नेपालगन्ज र आसपासको क्षेत्रमा स्क्रब टाइफस, एन्फ्लुएन्जा र डेंगी संक्रमित बढे



नेपालगन्ज । नेपालगन्ज सहित यस आसपासका क्षेत्रमा स्क्रब टाइफस र एन्फ्लुएन्जाबाट संक्रमित विरामी बढ्न थालेका छन् । नेपालगन्जका अस्पतालहरुमा स्क्रब टाइफस र एन्फ्लुएन्जा सहित डेंगीका विरामी पनि भेटिएका छन् ।

रुघाखोकी, ज्वरो, टाउको दुख्ने समस्या भएर अस्पताल आएका अधिकांस विरामीमा स्क्रब टाइफस र एन्फ्लुएन्जा पुष्टि भएको चिकित्सकहरुले बताएका छन् । नेपालगन्ज नर्सिङ होममा मात्र झण्डै १० बढी स्क्रब टाइफस र एन्फ्लुएन्जाका विरामी उपचाररत रहेको अस्पतालले जनाएको छ ।

पछिल्ला दिनमा बालबालिकामा स्क्रब टाइफस र डेंगी देखिएको बाल रोग विशेषज्ञ डा. रोमा बोराले बताइन् ।

नेपालगन्जको भेरी अस्पताल र मेडिकल कलेजमा स्क्रब टाइफस, एन्फ्लुएन्जा र डेंगीका विरामी उपचाररत रहेको ती अस्पतालहरुले जनाएका छन्् ।

स्क्रब टाइफस एक किसिमको सरुवा रोग हो । यो रोग मुसामा लाग्ने किर्नाजस्तो देखिने किराको टोकाईबाट मानिसमा सर्छ ।

स्क्रब टाइफसको संक्रमण भएमा धेरै ज्वरो आउने, टाउको दुख्ने, पसिना धेरै आउने, छाला चिलाउने, आँखा रातो हुँदै जाने, निम्फोग्राफी सुन्निनेजस्ता लक्षण देखा पर्ने भेरी अस्पताल, नेपालगन्जका प्रमुख कन्सल्टेन्ट फिजिसियन डा राजन पाण्डेले बताए । डा पाण्डेका अनुसार विस्तारै खोकी लाग्ने, पेट दुख्ने, पखाला लाग्ने, श्वास प्रश्वासमा अवरोध आउनेजस्ता समस्या बढ्न थाल्छ र टोकेको ठाउँमा कालो सानो दाग बस्दै जान्छ ।

भेरी अस्पताल, नेपालगन्जका एन्फ्लुएन्जा फोकलपर्सन डा खगेन्द्रजंग शाहले विगत दुई सातादेखि अस्पतालमा एन्फ्लुएन्जाका विरामी बढेको बताए । भेरीले विरामीको नमूना परीक्षणका लागि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा पठाउने गर्दछ । परीक्षण गरेका करिव ४० प्रतिशतमा एन्फ्लुएन्जा देखिएको उनले बताए। मौसमी एन्फ्लुएन्जा एक किसिमको भाइरस संक्रमण हो । बोलीचालीमा यसलाई फ्लु पनि भनिन्छ ।

प्रकाशित मिति : ३० भदौ २०८०, शनिबार  ९ : ३० बजे

सप्तगण्डकी बहुउद्देश्यीय आयोजना अगाडि बढाउनुपर्ने कुलमानको धारणा

काठमाडौं । ऊर्जामन्त्री कुलमान घिसिङले नारायणी नदीबाट तल्लो तटीय क्षेत्रमा

प्रचण्ड भन्छन् – ‘कम्तीमा एक लाख अट्ने खुला मञ्च नहुनु देशकै लज्जा हो’

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले

मधेस प्रदेशसभा : सभामुख पदका लागि नाम दर्ता

धनुषा । मधेस प्रदेशसभाको सभामुख पदका लागि जनता समाजवादी पार्टी

‘जेनजी’ कसैको पेवा हैन, त्यसको नाममा हुने स्टन्ट नगरे हुन्छ : प्रचण्ड

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले

केपीलाई ईश्वरको प्रष्ट सन्देशः ‘विभाजन स्वीकार्य छैन, आत्मसमर्पण पनि हुँदैन’

काठमाडौं । नेकपा (एमाले)का नेता ईश्वर पोखरेलले पार्टीभित्र विभाजन अस्वीकार्य