५ जेष्ठ २०८१, शनिबार | May 18, 2024

चिकित्सक संघको आन्दोलन : आज देशभर आकस्मिक बाहेकका सेवा बन्द



काठमाडौं । आज देशैभरीका स्वास्थ्य संस्था बन्द हुने भएका छन । देशभरका स्वास्थ्य संस्थामा आकस्मिक बाहेकका सेवा बन्द हुन लागेको हो ।

हेटौंडामा चिकित्सक कुटिए पछि सोको विरोधमा नेपाल चिकित्सक संघले आज देशभरका स्वास्थ्य संस्थामा आकस्मिक बाहेकका सेवा बन्द गर्ने घोषणा गरेको हो ।

शनिबार जारी गरिएको विज्ञप्ति अनुसार मकवानपुरको हेटौंडास्थित सन्चो अस्पतालमा दुई चिकित्सकमाथि आक्रमण गरिएको विरोधमा चरणबद्द आन्दोलन थालिएको संघको भनाइ छ । संघका अनुसार गत भदौं २७ गते डा विकास थापा र डा प्रशान्त विडारीमाथि बिरामीको उपचार गरिरहेको अवस्थामा सांघातिक आक्रमण गरिएको संघले स्मरण गराएको छ ।

सो घटनामा संलग्नलाई कानुनी दायरामा ल्याउन सोही दिन संघले ७२ घण्टाको ‘अल्टिमेटम’ दिएको तर दोषी माथि अझै कारबाही नगरिएको भन्दै संघले आजको आकस्मिकबाहेकका सबै स्वास्थ्य सेवा बन्दको कार्यक्रम गरेको हो ।

संघका अनुसार देशभरका स्वास्थ्य संस्थामा अनिवार्य रूपमा स्वास्थ्य संस्था सुरक्षा बलको व्यवस्था गर्नुपर्नेलगायत माग अगाडी सारेको छ ।

प्रकाशित मिति : ३१ भाद्र २०८०, आइतबार  ७ : ०८ बजे

चलचित्र पत्रकार संघ नेपाल, रुपन्देहीले २ ओटा पुरस्कार वितरण गर्दै

बुटवल । चलचित्र पत्रकार संघ नेपाल, शाखा रुपन्देहीले यही जेठ

चार एसएसपीलाई डिआइजीमा बढुवा सिफारिस

काठमाडौं । नेपाल प्रहरीका चार प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी)लाई प्रहरी

निर्मला थापाको ‘इन्द्रकमल’ सार्वजनिक

काठमाडौं । गायिका निर्मला थापा मगरको मौलिक लोक दोहरी गीत

बागमतीमा विषयगत समितिको सभापति चयन गरिँदै

बागमती । बागमती प्रदेशसभाअन्तर्गत विषयगत समितिका सभापतिको नाम आज चयन

जिल्ला अस्पताल मुगुमा सिटामोल पनि छैन, जनता मारमा

मुगु । जिल्ला अस्पताल मुगुमा सामान्य औषधिको समेत अभाव हुन