२२ भदौ २०८३, सोमबार | September 8, 2026

सहारा क्लब पोखराको अध्यक्षमा बराल चयन



पोखरा । सहारा क्लब पोखराको अध्यक्ष पदमा केशवराज बराल निर्विरोध निर्वाचित भएका छन् । क्लवले यहाँको फुटबल खेल विकास र विस्तार तथा एकेडेमी सञ्चालन गरी आवश्यक खेलाडी उत्पादन गर्दै आएको छ ।

मोफसलमै उत्कृष्ट क्लबका रूपमा स्थापित क्लबको शनिबार सम्पन्न १३औँ अधिवेशनले बरालको अध्यक्षतामा नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको हो । क्लबको वरिष्ठ उपाध्यक्षमा पूर्णबहादुर गुरुङ, उपाध्यक्षमा चित्रबहादुर पुन, महासचिवमा पुनः रामजीप्रसाद अधिकारी, सचिवमा टङ्कराज पौडेल, कोषाध्यक्षमा बिनु रानामगर, सहकोषाध्यक्षमा अशोक लालचल चयन भएका छन् ।

यसैगरी सदस्यमा ज्योति केसी, चन्द्रावती गुरुङ, अम्बर राजभण्डारी, विष्णु गुरुङ, सुशील रिमाल र केशव पौडेल रहेका छन् । सहारा क्लब फुटबल तथा सामाजिक क्षेत्रमा सक्रिय रहेको छ । क्लबले सहारा एकेडेमी सञ्चालन गरी फुटबल खेलाडी उत्पादन गर्दै आएको छ ।

एकेडेमी सञ्चालनका लागि क्लबले स्थापना गरेको अक्षयकोषमा हालसम्म रु दुई करोड ८५ लाख पुगेको क्लबले जनाएको छ । अहिले सहारा एकेडेमीमा चौथो समूहका ११ बालकलाई भर्ना गरेको छ । क्लबले तेस्रो चरणका २८ बालकलाई गत चैतमा बिदाइ गरेको थियो ।

क्लबले बर्सेनि पोखरामा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय अन्तर क्लब आमन्त्रित आहा रारा गोल्डकप फुटबल प्रतियोगिता सञ्चालन गर्दै आएको छ । आगामी २३औँ संस्करणको आहा रारा पोखरा गोल्डकपलाई ‘लिगकम नकाउट’मा सञ्चालनको तयारी गरिएको महासचिव अधिकारीले बताए । सहाराको रजत जयन्ती तथा अधिवेशनका अवसरमा खेलकुदलगायत विभिन्न सामाजिक क्षेत्रमा सक्रिय व्यक्तिहरूलाई सम्मान गरिएको छ ।

त्यसैगरी सहारा खेलकुद पत्रकारिता पुरस्कार–२०८० बाट पोखराका फोटो पत्रकार उमेश पुन पुरस्कृत भए । पोखरा–१७ दोबिल्लास्थित सहारा एकेडेमीमा आयोजित जयन्ती समारोहमा फोटो पत्रकार पुनलाई नगद रु २५ हजारसहित दोसल्ला र सम्मानपत्रबाट पुरस्कृत गरिएको हो ।

कार्यक्रममा पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले पुनलाई सम्मान गरे । सहारा क्लब पोखराले बर्सेनि खेलकुद विधामा सक्रिया खेल पत्रकारलाई पुरस्कार प्रदान गर्दै आएको छ ।

रजत जयन्तीका अवसरमा क्लबले सदस्यको तर्फबाट धमेन्द्र बराल, संस्थापक सल्लाहकार जयलाल पुन, सहारा क्लबका सल्लाहकार महेश गुरुङ, पर्यटन व्यवसायी गणेशबहादुर भट्टराई, डा नारायण गौतम, नेपाल खेलकुद पत्रकार मञ्चका पूर्वअध्यक्ष निरञ्जन राजवंशीलाई सम्मान गरेको छ ।

यसैगरी पत्रकार रामकृष्ण ज्ञवाली, हिमश्री फुड्सकी निर्देशक प्रेमकुमारी केसी, सहारा क्लब पोखराका संस्थापक कोषाध्यक्ष रामचन्द्र गुरुङ, उमादेवी गुरुङ, विल तामाङ (मरणोपरान्त), उगेन लामा, मुक्षेत्र गुरुङ, सहारा क्लब युके, सहारा क्लब हङ्कङ तथा सहारा क्लब अष्ट्रेलियालगायतका व्यक्तित्वलाई पनि सम्मान गरिएको थियो ।

प्रकाशित मिति : ३१ भदौ २०८०, आइतबार  १० : २० बजे

बाढी प्रभावित बालबालिकाको शिक्षाका लागि एक अर्बको छात्रवृत्ति

काठमाडौँ । भोटेकोशी बाढीबाट प्रभावित विद्यार्थीको शिक्षाका लागि सरकारले करिब

भन्सार छलेर बजार पुर्याइएको लाखौको मोबाइलसहित १ जना प्रहरी नियन्त्रणमा

नेपालगन्ज । बाँकेको नेपालगन्जमा भन्सार छलेर मुख्य बजारमा पुर्याइएको लाखौं

इन्टरपोल दिवसः बाढीमा दिवङ्गत भएकाको सम्झनामा दीप प्रज्वलन

काठमाडौँ । यही भदौ १० गते भोटेकोशी नदीमा आएको बाढीमा

भोटेकोसी बाढीमा हराइरहेका मानिस खोज्न सरकारले कुनै कसर बाँकी राखेको छैन : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले भोटेकोसी बाढीमा हराइरहेका मानिसहरुको खोज

भोटेकोशी बाढी : एक हजार ३५६ शव फेला, चार हजार ९९४ जना सम्पर्कविहीन

काठमाडौँ । रसुवा बाढीमा परी मृत्यु भएकामध्ये हालसम्म एक हजार