४ पुस २०८२, शुक्रबार | December 19, 2025

लागुऔषधसहित चारजना पक्राउ



काठमाडौं । देशका विभित्र स्थानबाट लागुऔषधसहित चारजना  पक्राउ  परेका छन् । झापाको बुद्धशान्ती गाउँपालिका-७ सुनमाईबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ २ ग्रामसहित सोही ठाउँ बस्ने २८ को आषिश राईलाई  प्रहरीले पक्राउ गरेको छ ।

लागूऔषध कारोबार भइरहेको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यलाय बुधबारेबाट खटिएको प्रहरीले राईको कोठा तलासी लिने क्रममा उक्त पदार्थसहित उनलाई पक्राउ गरेको हो ।

पर्साको विराटनगर महानगरपालिका-२ ईदगाह चोकबाट नियन्त्रित लागूऔषध डाईजेपाम १ सय ४७ पिस, नुर्फिन १ सय ४७ पिस र फेनारगन १ सय ४७ पिससहित बारा जितपुर सिमरा उपमहानगरपालिका-२ बस्ने ५० वर्षीय प्रदिप बोहरा क्षेत्रीलाई  प्रहरीले पक्राउ गरेको छ । विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका उनलाई उक्त लागूऔषधसहित पक्राउ गरेको हो ।

सप्तरीको बलानबिहुल गाउँपालिका-१ मल्हनियाँ स्कुलटोलस्थित सडकबाट फेनारगन १ हजार १ सय ७५ एम्पुल, डाइजेपाम १ हजार १ सय ७५ एम्पुल, बुप्रेनुर्फिन १ हजार १ सय ७५ एम्पुलसहित सोही ठाउँ बस्ने ३० वर्षीय राजेन्द्र रामलाई प्रहरीले पक्राउ गरेको छ ।

विशेष सूचनाको आधारमा मधेश प्रदेश प्रहरी कार्यालय जनकपुर र ईलाका प्रहरी कार्यालय कडरबोनाबाट खटिएको प्रहरीले स.१ ह ३६८६ नम्बरको अटोलाई जाँच गर्ने क्रममा अटो चालक रामलाई उक्त लागूऔषधसहित फेला पारी पक्राउ गरेको हो । साथै अनुसन्धानको क्रममा संलग्नता खुल्न आएका थप १ जनालाई समेत प्रहरीले नियन्त्रणमा लिएको छ ।

प्रकाशित मिति : ३१ भदौ २०८०, आइतबार  २ : ३२ बजे

हजुरआमाको हत्या अभियोगमा नाति पक्राउ

कास्की । पोखरामा आफ्नै हजुरआमाको हत्या अभियोगमा प्रहरीले नातिलाई पक्राउ

मधेश प्रदेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत, पक्षमा ९२, विपक्षमा शुन्य

जनकपुरधाम । मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ

काठमाडौँ । झुटो शेयर कारोबार गरेको आरोपमा आज प्रहरीको केन्द्रीय

६० सहसचिवको सरुवा को कहाँ ? (सूचीसहित)

काठमाडौँ । सरकारले ६० जना सहसचिवको सरुवा गरेको छ ।

गुल्मीमा १३ दिनपछि शवको पहिचान खुल्यो

गुल्मी । गुल्मीमा बेवारिसे भेटिएको शवको १३ दिनपछि पहिचान खुलेको