१५ श्रावण २०८३, शुक्रबार | July 31, 2026

एसिया कप फाइलन : सिराजको घातक बलिङमा ५० रनमै समेटियो श्रीलंका



काठमाडौं । एसिया कपको फाइलनमा श्रीलंका ५० रनमै समेटिएको छ । भारतका तीव्र गतिका बलर मोहम्मद सिराज एक्लैले ६ विकेट लिए भने हार्दिक पाण्डेयले ३ विकेट लिए । एक विकेट जसप्रित बुमराहको नाममा रह्यो ।

कोलोम्बोमा टस जितेर पहिला ब्याटिङ रोजेको श्रीलंकाले १५ दशमलव २ ओभरमा १० विकेट गुमाउँदै ५० रन बनाएको छ । यो सँगै भारतले ५१ रनको लक्ष्य पाएको छ ।

श्रीलंकाले पहिलो ओभरको तेस्रो बलमै ओपनर कुशल परेरालाई शून्यमा गुमाएको थियो । तीव्र गतिका बलर जस्प्रित बुमराहको बलमा एज लागेर कुशल विकेटकिपर लोकेश राहुलबाट समातिन पुगेका थिए । तीव्र गतिका बलर मोहम्मद शिराजको चौथो ओभरको पहिलो बलमा अर्का ओपनर पाथुम निसंका रविन्द्र जडेजाबाट २ रनमा क्याच आउट भए ।

एक बलपछि सदिरा समराविक्रमालाई शून्यमा एलबीडब्लू आउट गरेपछि भारतले सानदार सुरुवात गरेको थियो । पहिलो बलमै चरिथ असलंका ईशान किशनबाट क्याच आउट भएका थिए ।

ह्याट्रिक बलमा धनन्जय डि सिल्भाले चौका प्रहार गरेका थिए । तर अन्तिम बलमा सिल्भा पनि एज लागेर विकेटकिपरबाट क्याच आउट भएपछि विकेट झर्ने क्रम रोकिएन ।

प्रकाशित मिति : ३१ भदौ २०८०, आइतबार  ५ : ४८ बजे

राष्ट्रपति पौडेलद्वारा प्रथमराष्ट्रपति यादव र उपराष्ट्रपति झासँग छलफल

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले सुनसरीको देवानगन्ज गाउँपालिकाको कप्तानगन्जसहित तराई(मधेसका

तराई-मधेशका हिंसात्मक घटनामा उच्चस्तरीय छानबिन आयोग गठन गर्न नेकपाको माग

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले सुनसरी, सिरहालगायत तराई-मधेशका विभिन्न

भैरहवाबाट ठुलो परिमाणको भारतीय नक्कली नोट सहित २ जना पक्राउ

बुटवल । रुपन्देहीको भैरहवाबाट ठुलो परिणाममा नक्कली भारतीय नोट सहित

वीरगन्जमा सद्भाव र्‍याली

वीरगन्ज । सामाजिक सद्भाव कायम गर्न वीरगन्जमा सर्वदलीय, सर्वपक्षीय सद्भाव

सामाजिक एकता र सद्भाव कायम राख्न राष्ट्रियसभा अध्यक्ष दाहालको आग्रह

काठमाडौं । राष्ट्रियसभा अध्यक्ष नारायणप्रसाद दाहालले सुनसरीको देवानगञ्ज गाउँपालिकालगायत पूर्वी