१८ पुस २०८२, शुक्रबार | January 2, 2026

हरितालिका पर्वले धार्मिक तथा सांस्कृतिक महत्त्व बोकेको छ : राष्ट्रपति पौडेल



काठमाडौं । राष्ट्रिपति रामचन्द्र पौडेलले हरितालिका ९तीज० पर्व नेपाली महिलाहरूले एक सनातन सांस्कृतिक पर्वको रूपमा मनाउने र यस पर्वले धार्मिक तथा सांस्कृतिक महत्व बोकेको उल्लेख गरेका छन ।

उनले नेपाली महिलाहरूको महान् चाड तीजको सुखद् अवसरमा सबै नेपाली दिदिबहिनीहरुमा सुख, शान्ति र समृद्धिको शुभकामना व्यक्त गर्दै समस्त नारी जाति प्रकृति र सृष्टिका दृष्टिले उच्च स्थानमा पर्ने उल्लेख गरेका हुन ।

राष्ट्रपति पौडेलले तीजले नेपाली महिलालाई समाजमा विद्यमान लैंगिक विभेद¸ जातीय विभेदलगायत सबै प्रकारका असमानताको अन्त्य गर्दै समतामूलकसमाजको निर्माणतर्फ अग्रसर हुन उत्प्रेरित गर्न सकोस् भन्ने शुभेच्छा व्यक्त गरेका छन । समाजमा भ्रातृत्व, सदाचार, एकता र सामाजिक सद्भाव कायम गर्न यस पर्वले महत्वपूर्ण भूमिका निभाएको उल्लेख गर्दै उनले परापूर्व कालदेखि चलिआएको रितिरिवाज, रहनसहन र धार्मिक सहिष्णुताको प्रतिविम्बको रुपमा यो चाड मनाउँदै आइरहेको आफूले महसुस गरेको बताएका छन ।

राष्ट्रपति पौडेलले आदर्शमय सामाजिक वातावरण जीवन्त राख्न, सदाचारयुक्त जीवन शैली अपनाउन तथा देशको कला संस्कृतिलाई जगेर्ना गर्दै आगामी पुस्तालाई हस्तान्तरण गर्न यस्ता मौलिक चाडको गरिमालाई सम्मानजनक बनाई राख्नु आवश्यक रहेकामा जोड दिएका छन । साथै उनले हरितालिका तीजको मौलिकतालाई कायम राख्दै यसको सांस्कृतिक महत्त्वको जगेर्ना गर्न यो पर्व मनाउने सन्दर्भमा देखिने गरेको भड्किलोपन र खर्चिलोपनलाई हटाउँदै जानु आवश्यक रहेको बताएका छन ।

राष्ट्रपति पौडेलले तीजले सबैमा खुसी र मनोरञ्जन साटासाट गरेर देशका हरेक सार्वजनिक क्षेत्रमा महिलाको समान पहुँचलाई अझ सशक्त रूपमा अघि बढाउन सहयोग पुगोस् भन्ने कामना गर्दै शुभकामना व्यक्त गरेका छन ।

प्रकाशित मिति : १ आश्विन २०८०, सोमबार  ७ : ३० बजे

स्याङ्जामा यस वर्ष एक अर्ब ३२ करोडको सुन्तला उत्पादन

वालिङ । स्याङ्जाबाट यस वर्ष एक अर्ब ३२ करोडभन्दा बढी

नयाँ वर्षे मनाउँदै गर्दा स्विट्जरल्यान्डको एक बारमा आगलागी, ४० जनाको मृत्यु, ११५ घाइते

काठमाडौं । स्विट्जरल्यान्डको प्रसिद्ध पर्यटकीय सहर क्रान्स-मोन्टानामा नयाँ वर्षको उत्सव

एक वर्षमा १५ हजार विदेशी पर्यटकले गरे मनास्लु भ्रमण

गोरखा । सन् २०२५ भरि १५ हजार विदेशी पर्यटकले मनास्लु

आजको मौसम : तराईमा हुस्सुको प्रभाव, उच्च पहाडी क्षेत्रमा हल्का वर्षा र हिमपातको सम्भावना

काठमाडौं । देशभर हाल पश्चिमी वायुको आंशिक प्रभाव कायमै रहेकाले

निर्वाचन आउन ६२ दिन बाँकी, सामग्री ढुवानीका लागि आवेदन दिन आयोगको आग्रह

काठमाडौं । आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा