९ आश्विन २०८०, मंगलबार | September 26, 2023

शिख नेता हत्या प्रकरण : क्यानडा र भारतद्वारा एकअर्का देशका कुटनीतिज्ञ निस्काशन



काठमाडौं । एक शिख नेताको हत्या प्रकरणलाई लिएर क्यानडाले भारतीय भारतीय कूटनीतिज्ञलाई देश निकाला गरेको छ । जवाफमा भारतले पनि क्यानडेली कुटनीतिज्ञलाई पाँच दिनभित्र भारत छोड्न आदेश दिएको छ ।

क्यानेडाली शिख नेता हरदीप सिंह निज्जरको हत्या प्रकरणलाई भारतको खुफिया एजेन्सी रिसर्च एन्ड एनालिसिस विङ (आरएडब्ल्यू–रअ)का स्टेशनप्रमुख पवनकुमार राईलाई निष्कासन गरिएको क्यानडाकी विदेशमन्त्री मेलानी जोलीले बताएकी छन् ।

क्यानडाको निर्णयबाट आक्रोशित भारतले तत्कालै क्यानडेली कुटनीतिज्ञलाई देश निकालाको आदेश जारी गरेको हो । भारतीय विदेशमन्त्रालयका प्रवक्ता आनन्दीराम वाक्चीले क्यानडाले लगाएको आरोपलाई अस्वीकार गर्दै कुटनीतिज्ञ निकालेको जनाएका छन् ।

यसअघि क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडोले निज्जरको हत्यामा भारतीय सरकारी एजेन्टको संलग्नताको आशंकामा सुरक्षा एजेन्सीले अनुसन्धान गरिरहेको बताएका थिए ।

सोमबार संसदमा सम्बोधन गर्ने क्रममा उनले भारत सरकारका एजेन्टले गत जुनमा निज्जरको हत्या गरेको बताएका थिए ।

गत जुनमा क्यानडाको ब्रिटिश कोलम्बियाको एउटा गुरुद्वार नजिकै निज्जरको गोली हानेर हत्या भएको थियो ।

प्रकाशित मिति : २ आश्विन २०८०, मंगलबार  १२ : १५ बजे

अध्यक्ष नेपालको नेतृत्वमा समाजवाद जागरण यात्रा मूल व्यवस्थापन समिति गठन

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) ले अध्यक्ष माधवकुमार नेपालको नेतृत्वमा

कर्णालीका राउटेलाई लुम्बिनीले दियो दशैँ खर्च

दाङ । लुम्बिनी प्रदेश सरकार अर्थ मन्त्रालयले राउटे समुदायलाई दशैँ

प्रधानमन्त्रीको चीन भ्रमण : अन्तरदेशीय पूर्वाधार निर्माणलाई तीव्र गतिमा अघि बढाउने प्रतिबद्धता

बेइजिङ । नेपाल र चीनबीच अन्तरदेशीय विकास पूर्वाधार निर्माणलगायत द्विपक्षीय

सुनचाँदीको भाउमा आयो गिरावट, आजको मूल्य कति ?

काठमाडौ । सुनको भाउ आज प्रतितोला ४०० रुपैयाँले घटेको छ

अर्घाखाँचीमा ११ वर्षीया बालिका बलात्कार आरोपमा एकजना पक्राउ

अर्घाखाँची । ११ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा अर्घाखाँचीमा