१० जेष्ठ २०८३, आइतबार | May 24, 2026

संविधानअनुसार बन्न बाँकी कानूनको यथाशीघ्र तर्जुमा गर्न अध्यक्ष तिमिल्सिनाको आग्रह



काठमाडौं । राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले संविधानअनुसार बन्न बाँकी कानुनको यथाशीघ्र तर्जुमा गरी कानूनी रिक्तता पूरा गर्दै संविधानको कार्यान्वयनलाई पूर्णता दिनुपर्ने आवश्यकता औँल्याएका छन ।

संविधान दिवस, २०८० का अवसरमा शुभकामना सन्देश जारी गर्दै अध्यक्ष तिमिल्सनाले लामो सङ्घर्ष, त्याग र बलिदानको फलस्वरुप नेपाली जनताले आफ्ना प्रतिनिधिमार्फत आफ्नो संविधान आफैँ लेख्ने अवसर पाएकाले संविधान राज्यको मूल कानून भएकाले यसको मर्म र भावनाबमोजिम राज्यको शासन व्यवस्था सञ्चालन गर्न, संविधानमा व्यवस्था गरिएका जनताका आधारभूत मौलिक हक तथा मानवअधिकारको कार्यान्वयन गर्दै लोकतन्त्रका लाभहरूको समतामूलक र समवन्यायिक वितरण गर्नतर्फ ध्यान जानु जरुरी रहेको उल्लेख गरेका छन ।

“अहिले जनतामा बढ्दो निराशाको फाइदा उठाउँदै अराजकता मच्चाउने र धमिलो पानीमा माछा मार्न खोज्ने पक्षले यसलाई आफ्नो स्वार्थ पूरा गर्ने अवसरका रुपमा प्रयोग गर्ने कोशिस गरिरहेका छन् । संविधानको रक्षा र कार्यान्वयनमा क्रियाशील शक्तिले उच्चतम समझदारी बनाएर अघि बढ्नुपर्ने आवश्यकता अहिले रहेको छ भने अबका दिनमा हाम्रा प्रयास शासन व्यवस्था सुदृढ र संस्थागत गर्दै सुशासन कायम गर्नतर्फ केन्द्रित हुनुपर्दछ”, अध्यक्ष तिमिल्सनाको सन्देशमा भनिएको छ ।

संविधान जारी भएको आठ वर्षको यस अवधिमा राजनीतिक परिवर्तन संस्थागत भए पनि जनताले तुरुन्त आर्थिक विकास, सामाजिक न्याय र सुशासनको अनुभूति गर्न नपाएकाले जनाउँदै सन्देशमा संविधानले परिकल्पना गरेका विषयलाई कार्यान्वयन गर्नसकेमा मात्र सङ्घीयता र गणतन्त्र बलियो हुने भएकाले सरकार र सम्बद्ध सबै पक्षलाई संविधानको दिगो कार्यान्वयनमा ध्यानाकर्षण गराएका हुन ।

“अहिले पनि संविधानअनुसार बन्नुपर्ने धेरै कानूनहरु बनाउन नसक्दा मुलुकले अङ्गीकार गरेको सङ्घ, प्रदेश र स्थानीय गरी तीन तहयुक्त सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासकीय व्यवस्थाको कार्यान्वयनमा समेत कठिनाइ भइरहेका छन्”, उनले भनेका छन, “संविधानमा भएका व्यवस्थाको कार्यान्वयनमार्फत नागरिकका आधारभूत आवश्यकता परिपूर्तिका साथै दिगो शान्ति, सुशासन, विकास र समृद्धिको आकाङ्क्षा पूरा हुनेछ भन्ने विश्वास व्यक्त गर्दै पुनःहार्दिक शुभकामना व्यक्त गर्दछु ।”

प्रकाशित मिति : ३ आश्विन २०८०, बुधबार  ७ : ४७ बजे

नेपाल चिकित्सक सङ्घको सम्मेलन जेठ १६ र १७ मा

चितवन । नेपाल चिकित्सक सङ्घले यही जेठ १६ र १७

ओलीमाथि दबाबका बीच एमाले सचिवालय बैठक जारी

काठमाडौं । नेकपा एमाले को केन्द्रीय सचिवालय बैठक भक्तपुरको गुण्डुस्थित

तेइस करोड ७७ लाख खानीको ‘रोयल्टी’ तत्काल उठाउन निर्देशन

काठमाडौँ । खानी तथा खानीजन्य पदार्थबाट प्राप्त हुने रु २३

बैंक तथा वित्तीय संस्थाहरुले कर्मचारीलाई अतिरिक्त समयमा काम गर्न बाध्य पार्न नपाइने

काठमाडौं । बैंक तथा वित्तीय संस्थाहरुले आफ्ना कर्मचारीलाई अतिरिक्त समयमा

सुकुमवासी बस्ती हटाएसँगै नदीजन्य विपद्का घटनामा कमी आउने आशा

काठमाडौँ । सुकुमवासी बस्ती हटाएसँगै काठमाडौँ महानगरपालिकाले यस वर्ष नदीजन्य