२० असार २०८३, शनिबार | July 4, 2026

वेस्टमिन्स्टर कलेजले सम्पन गर्यो ‘आईओटी बुटक्याम्प’को आयोजना



काठमाडौ । ललितपुरको कुपण्डोलस्थित ‘द वेष्टमिन्स्टर कलेज’ले तीन दिने इन्टरनेट अफ थिङ्गस् (आईओटी) बुटक्याम्पको आयोजना सम्पन्न गरेको छ । बुधबारबाट कलेज हातामा सुरु भएको क्याम्प शुक्रबार सम्पन्न भएको हो ।

विद्यार्थीहरुको पाठ्यक्रमलाई सघाउ पुर्याउने यस क्याम्पमा १८ जना विद्यार्थीहरुको सहभागिता रहेको थियो । सहभागी विद्यार्थीहरुले पछिल्लो समयमा आईओटीको क्षेत्रमा भएका प्रगति, नयाँ उपकरणहरु तथा तिनको प्रयोग लगायतका विषयबारे जानकारी लिनुको साथै, आफ्नो सिपको पनि विकास गरेका थिए । त्यस्तै, उनीहरुले बिभिन्न प्रोजेक्टहरु पनि बनाएका थिए ।

हरेक शत्रमा जानकारीमुलक प्रस्तुति, व्यवहारिक अभ्यास तथा सामुहिक छलफल पनि भएको थियो। विद्यार्थीहरुले स्वचालित सडक बत्ति नियन्त्रण, स्मार्ट वाटर मोनिटरिङ, घरमा प्रयोग हुने स्वचालित उपकरणहरु, मौषमको अनुगमन, आईओटीका उपकरणहरु र तिनको प्रयोग, रास्पबेरी पाई लगायतका विषयमा जानकारी लिएका थिए ।
कलेजका प्रमुख अरुणलाल जोशीले डिजिटल रुपान्तरमा क्याम्पको महत्वबारे प्रकाश पारेका थिए। साथै, उनले प्रविधिको निरन्तर विकसित परिदृष्यमा आईओटीको भूमिका पनि उच्च रहेको बताए । उनले भने, ‘आईओटीले भविष्यको डिजिटल परिदृष्यलाई ड्राइभ गर्ने उदयीमान प्रविधिको महत्वपूर्ण पक्षलाई प्रतिनिधित्व गर्दछ। हाम्रा विद्यार्थीहरुलाई आईटी क्षेत्रको भविष्यको लागि तयार पार्न यस्ता बुटक्याम्पहरु महत्वपूर्ण छन्।’

वेस्टमिन्स्टर कलेजले बेलायतको लण्डनस्थित वेस्टमिन्स्टर विश्वविद्यालयको सम्बन्धमा बीएससी (हन्स) कम्प्युटर साइन्स र बीएससी (हन्स) साइबर सेक्युरिटी एण्ड फरेन्सिकका दुई विषयमा पठनपाठन गरिरहेको छ। यस्ता बुटक्याम्पहरुले कलेजको शिक्षण तथा सिकाई पद्धत्तिलाई बढावा दिएको जोशीको भनाई छ ।
क्याम्पमा सहभागी विद्यार्थीहरुलाई कलेजले प्रमाणपत्र समेत प्रदान गरेको थियो।

 

प्रकाशित मिति : ३ आश्विन २०८०, बुधबार  १२ : ५४ बजे

चट्याङ लागेर एकको मृत्यु, अन्य दुई घाइते

दाङ । दाङको घोराही उपमहानगरपालिका–९ मछाहीमा धान रोप्ने क्रममा चट्याङ

सरकारका १०० दिन : अर्थतन्त्रलाई गति दिन नीतिगत सुधारको पहल

काठमाडौं । सरकारले मुलुकको अर्थतन्त्रको सुधारका लागि नीतिगत सुधार, कानुनी

यस्तो छ सरकारको सय दिने उपलब्धि (पूर्णपाठ)

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले निर्वाचनमा झण्डै दुई

सरकारका सय दिनका उपलब्धि सार्वजनिक : मन्त्रालय घटाउँदा २० अर्ब बचत

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाह नेतृत्वको सरकारले आफ्नो १०० दिने

कांग्रेसको निस्कर्ष – १०० दिनमा सरकार असफल

काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले प्रधानमन्त्री बालेन्द्र शाह नेतृत्वको