१० चैत्र २०८२, मंगलबार | March 24, 2026

निर्माण कार्य सम्पन्न नहुँदै खजुरा गाँउपालिकाको प्रशासनिक भवनको उदघाटन



खजुरा । एमाले अध्यक्ष एवम पूर्व प्रधानमन्त्री केपी ओलीको पाला देखि सुरु भएको कार्य सम्पन्न नहुँदै उदघाटन गर्ने प्रचलनलाई निरन्तरता दिँदै खजुरा गाँउपालिकाको निर्माणधीन भवनको उदघाटन गरिएको छ । कार्य सम्पन्न हुन ३० प्रतिशत बढी काम बाँकी रहँदै खजुरा गाउँ पालिका अध्यक्ष डम्बर बिक तुफान र उपाध्यक्ष मन्जु मल्लले बन्दै गरेको भवनको उदघाटन गरेका हुन् ।

पालिकाका अध्यक्ष तुफान र उपाध्यक्ष मञ्जु मल्लले झ्यालढोका समेत पूर्णरुपमा लागि नसकेको भवनको आज बाजागाजासहित पूजा आरधना गरेर उद्घाटन गरेका हुन् ।

उद्घाटन कार्यक्रममा बोल्दै अध्यक्ष विकले भवन उदघाटन गरेर एतिहासिक काम गर्न सफल भएको बताए । उनले खजुरावासीलाई पाएक पर्ने स्थानमा प्रशासकिय भवन निर्माण भएको बताउँदै केही कारण बस भवनको केही काम बाँकी रहँदै उद्घाटन गर्नु परेको बताए ।

उपाध्यक्ष मञ्जु मल्ले सबै खजुरावासीका लागि प्रशासकिय भवनको उद्घाटनले खुसी ल्याएको बताउँदै नयाँ भवनबाट छिटै सेवा संचालन हुने बताइन् ।

भवन निर्माणको काम अझै ३० प्रतिशत बाँकी

खजुराको वडा नम्बर ३ बी गाउँमा रहेको प्रशासकिय भवनको काम हालसम्म ७० प्रतिशतमात्रै सम्पन्न भएको छ । निर्माण कम्पनी एम के÷जुगल जे.भी तीनकुने काठमाडौंले २०७८ जेठ १४ गते २०७९ मंसिर १५ गतेसम्म निर्माण सम्पन्न गर्नेगरी कामको जिम्मेवारी लिएको थियो । सो समयाअवधिमा काम सम्पन्न नभएपछि पुनः २०८० असार मसान्तसम्म म्याद गरिएको थियो । सो समयमा पनि निर्माण कम्पनीले काम सम्पन्न गरेको छैन ।

ठेकेदार कम्पनीको म्याथ थप गर्ने वा नगर्ने विषयमा कुनै निर्णय हुन नसकेको बताइएको छ । पालिकाको लेखा शाखाका अनुसार निर्माण कम्पनीले उक्त ठेक्का ५ करोड ३६ लाख ४ हजार ७ सय १५ रुपैयाँमा करसहित लिएको थियो । जसमध्ये हालसम्म ५० प्रतिशत रकम पालिकाले निर्माण कम्पनीलाई भुक्तान गरिसकेको छ ।

पूर्व प्रधानमन्त्री ओलीले उदघाटन गरेका रेल कम्पनी देखि काठमाडौंका धरहरा सम्मका योजनाहरु अहिले सम्म संचालनमा आएको छैन ।

प्रकाशित मिति : ३ आश्विन २०८०, बुधबार  ७ : २६ बजे

कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक : विभिन्न ११ प्रस्तावमाथि छलफल जारी

काठमाडौँ । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आजदेखि सुरु भएको

सल्लाघारीस्थित मुख्य चोकमै जब दुई वटा बस ठोक्किए…

भक्तपुर । भक्तपुर नगरपालिका-१ सल्लाघारी चोक मुख्य सडकमा आज एक्कासी

पत्रकार महासंघ रुपन्देहीले स्थापना दिवसमा दोश्रो फुटसल प्रतियोगिता आयोजना गर्ने

बुटवल । नेपाल पत्रकार महासंघ रुपन्देहीले ७१ औं स्थापना दिवसका

पञ्चाङ्ग तथा भित्तपात्रो प्रकाशन गर्न शुल्क तिरेर स्वीकृति लिनुपर्ने

नेपालगन्ज । नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले अनुमति बिना पात्रो

ग्यास पाइपलाइन र भण्डारण पूर्वाधार निर्माणको प्रस्ताव भारतसमक्ष प्रस्तुत, जवाफको प्रतीक्षामा निगम

काठमाडौं । इरानमाथि अमेरिका र इजरायलले संयुक्त रूपमा हवाई कारबाही