२१ भदौ २०८३, आइतबार | September 6, 2026

टीकापुर घटनामा दोषी ठहर भएका सबैलाई माफी मिनाहा



नेपालगन्ज । टीकापुर घटनामा दोषी ठहर भएर जेल चलान भएका सबै कैदी बन्दी रिहा भएका छन् । गणतन्त्र दिवससहित यस अघि माफी मिनाहा पाएर छुटेका ४ जनालाई संविधान दिवसको अवसरमा राष्ट्रपति रामचन्द्र पौडेलले उनीहरूको बाँकी कैद मिनाहा गरेसँगै सो घटनामा जेल सजाँय पाएका सबै दोषीहरु कैद मुक्त भएका हुन् ।

राष्ट्रपतिबाट फौजदारी कसुर (सजाय निर्धारण तथा कार्यान्वयन) ऐन २०७४ अनुसार उनीहरूको बाँकी कैद माफ गरिएको हो ।

पछिल्लो पटक संविधान दिवसमा रिहा हुनेमा जानकी गाउँपालिका–७ मोतीपुरका हरिनारायण चौधरी, लट्कनियाका प्रदीप चौधरी र टीकापुर नगरपालिका–४ ठाह्रापुरका वीरबहादुर चौधरी रहेका छन् । यसै गरी, तत्कालीन अवस्थामा नाबालक रही पोखरा सुधार गृह पुर्याइएका लट्कनियाकै श्रवणकुमार चौधरी पनि रिहा भएका छन् । तीन जना कैलाली जिल्ला कारागारबाट र एक जना पोखराबाट रिहा भएको जनाइएको छ ।

कैलाली जिल्ला कारागारबाट रिहा भएका कैदीहरुलाई नागरिक उन्मुक्ति पार्टीका अध्यक्ष एवम् संघीय मन्त्री रन्जिता श्रेष्ठ, पार्टीका संरक्षक एवं रन्जिता पति रेसम चौधरी, सुदूरपश्चिम प्रदेशका मन्त्री रामेश्वर चौधरी, प्रतिनिधि सभा सदस्य गङ्गाराम चौधरी, अरुणकुमार चौधरीलगायतले अबिर, खादा लगाएर स्वागत गरेका थिए ।

टीकापुर घटनाको मुख्य योजनाकार भनी दोषी ठहर गरिएका रेशमलाल चौधरीलाई गत जेठ १५ गते गणतन्त्र दिवसको अवसरमा कैदमुक्त गरिएको थियो । चौधरीको रिहाई गैरकानुनी रहेको भन्दै सर्वोच्चमा परेको रिट विचाराधिन छ ।

संविधान निर्माणको क्रममा भएको थरुहट–थारुवान आन्दोलनको क्रममा २०७२ भदौ ७ गते टीकापुर घट्ना घटेको थियो । घट्नामा आठ सुरक्षाकर्मीसहित एक बालकको ज्यान गएको थियो ।

 

प्रकाशित मिति : ४ आश्विन २०८०, बिहिबार  ९ : १८ बजे

रसुवा बाढीपछि कोरला नाकाबाट चिनियाँ सामान ढुवानी हुँदै

रसुवा । भोटेकोशी नदीमा गएको बाढीसँगै सडक–पुललगायतका भौतिक संरचना ध्वस्त

तीन दिनमा ८७ हजार ८७७ ग्याँस सिलिण्डर रिफिल गरि काठमाडौं ल्याइयो

काठमाडौं । नेपाल आयल निगमले तीन दिनमा ८७ हजार ८७७

हैजाविरुद्ध २१ हजार डोज खोप रसुवामा पठाइयो

काठमाडौ । बाढी प्रभावित क्षेत्रमा पानीजन्य रोगको जोखिम बढ्न थालेपछि

कृष्णभीरमा खोलिएको ‘ट्र्याक’ लाई फराकिलो बनाइँदै

चितवन । पृथ्वी राजमार्गअन्तर्गत कृष्णभीरमाथिको भागबाट निर्माण सामग्री तथा उपकरण

भोटेकोशी बाढी : बहुआयामिक चुनौतीका सामु कर्तव्यपथमा जुट्दैछ नेपाल प्रहरी

काठमाडौं । भोटोकोशी बाढीका कारण सिर्जित चुनौतीसँग जुध्न सीमित साधनस्रोतका