४ पुस २०८२, शुक्रबार | December 19, 2025

टीकापुर घटनामा दोषी ठहर भएका सबैलाई माफी मिनाहा



नेपालगन्ज । टीकापुर घटनामा दोषी ठहर भएर जेल चलान भएका सबै कैदी बन्दी रिहा भएका छन् । गणतन्त्र दिवससहित यस अघि माफी मिनाहा पाएर छुटेका ४ जनालाई संविधान दिवसको अवसरमा राष्ट्रपति रामचन्द्र पौडेलले उनीहरूको बाँकी कैद मिनाहा गरेसँगै सो घटनामा जेल सजाँय पाएका सबै दोषीहरु कैद मुक्त भएका हुन् ।

राष्ट्रपतिबाट फौजदारी कसुर (सजाय निर्धारण तथा कार्यान्वयन) ऐन २०७४ अनुसार उनीहरूको बाँकी कैद माफ गरिएको हो ।

पछिल्लो पटक संविधान दिवसमा रिहा हुनेमा जानकी गाउँपालिका–७ मोतीपुरका हरिनारायण चौधरी, लट्कनियाका प्रदीप चौधरी र टीकापुर नगरपालिका–४ ठाह्रापुरका वीरबहादुर चौधरी रहेका छन् । यसै गरी, तत्कालीन अवस्थामा नाबालक रही पोखरा सुधार गृह पुर्याइएका लट्कनियाकै श्रवणकुमार चौधरी पनि रिहा भएका छन् । तीन जना कैलाली जिल्ला कारागारबाट र एक जना पोखराबाट रिहा भएको जनाइएको छ ।

कैलाली जिल्ला कारागारबाट रिहा भएका कैदीहरुलाई नागरिक उन्मुक्ति पार्टीका अध्यक्ष एवम् संघीय मन्त्री रन्जिता श्रेष्ठ, पार्टीका संरक्षक एवं रन्जिता पति रेसम चौधरी, सुदूरपश्चिम प्रदेशका मन्त्री रामेश्वर चौधरी, प्रतिनिधि सभा सदस्य गङ्गाराम चौधरी, अरुणकुमार चौधरीलगायतले अबिर, खादा लगाएर स्वागत गरेका थिए ।

टीकापुर घटनाको मुख्य योजनाकार भनी दोषी ठहर गरिएका रेशमलाल चौधरीलाई गत जेठ १५ गते गणतन्त्र दिवसको अवसरमा कैदमुक्त गरिएको थियो । चौधरीको रिहाई गैरकानुनी रहेको भन्दै सर्वोच्चमा परेको रिट विचाराधिन छ ।

संविधान निर्माणको क्रममा भएको थरुहट–थारुवान आन्दोलनको क्रममा २०७२ भदौ ७ गते टीकापुर घट्ना घटेको थियो । घट्नामा आठ सुरक्षाकर्मीसहित एक बालकको ज्यान गएको थियो ।

 

प्रकाशित मिति : ४ आश्विन २०८०, बिहिबार  ९ : १८ बजे

राष्ट्रपतिद्वारा प्रतिनिधिसभा सदस्य निर्वाचन (पहिलो संशोधन) अध्यादेश २०८२ जारी

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले आज प्रतिनिधिसभा सदस्य निर्वाचन (पहिलो

त्रिभुवन विश्वविद्यालयको ५९औँ दीक्षान्त समारोह पुस १० गते दशरथ रंगशालामा हुँदै

काठमाडौं । त्रिभुवन विश्वविद्यालय (त्रिवि) ले आफ्नो ५९औँ दीक्षान्त समारोह

थुनामुक्त भएपछि रवि लामिछाने पार्टी नेतृत्वमा फर्किने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने थुनामुक्त

पार्टीभित्रका असन्तुष्टि सार्वजनिक सञ्चार माध्यममा नपोख्न अध्यक्ष ओलीको निर्देशन

काठमाडौ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा

रास्वपा सङ्घीय नेतृत्व मञ्चमा १७ सदस्य मनोनित

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले पार्टीकोे सङ्घीय नेतृत्व मञ्चमा