९ फाल्गुन २०८२, शनिबार | February 21, 2026

प्रथम शहीद लखन थापा मगर ऐतिहासिक दस्तावेज संग्रह विमोचन



काठमाडौं । प्रथम शहीद लखन थापा मगर (ऐतिहासिक दस्तावेज संग्रह) पुस्तकको विमोचन गरिएको छ ।

नेपाल प्रज्ञा प्रतिष्ठानमा आयोजित एक कार्यक्रमका बीच गृहमन्त्री नारायणकाजी श्रेष्ठले पुस्तकको विमोचन गरेका हुन् । प्रथम शहीद घोषणा भएको आठौँ वार्षिकोत्सवको अवसर पारेर पुस्तकको बिमोचन गरिएको प्रथम शहीद लखन थापा मगर स्मृती प्रतिष्ठानले जनाएको छ ।

प्रतिष्ठानले प्रकाशन गरेको उक्त पुस्तकमा समावेश सामग्रीहरुको संकलन र सम्पादन जीवन आले मगरले गरेका हुन् । उक्त पुस्तकमा चार खण्ड रहेका  छन् । खण्ड ‘क’ मा शहीद लखन थापाको समसामयिक सन्दर्भका सामग्रीहरु उल्लेख गरिएको छ ।

खण्ड ‘ख’ मा इतिहासकारहरुले आफ्नो पुस्तकहरुमा लखन थापाले आन्दोलनमा निर्वाह गरेको भूमिका र योगदानको बारेमा उल्लेख गरेका कुराहरुलाई समावेश गरिएको बताइएको छ । खण्ड ‘ग’ मा जीवनी पुस्तकमा लखन थापाको बारेमा समेटिएका बिषयवस्तु र खण्ड ‘घ’ मा खोजअनुसन्धानकर्ता र लेखकहरुले आफ्नो लेखहरुमा थापाको बारेमा उल्लेख गरेका कुराहरुलाई समावेश गरिएको छ । लखन थापाको समग्र अध्ययन र जानकारीका लागी उक्त पुस्तक उपयोगी हुने बताइएको छ ।

प्रतिष्ठानद्वारा आयोजित उक्त कार्यक्रमको अवसरमा लखन थापालाई परिचित र सम्मानित गराउन भूमिका खेल्ने गोरखाका तीनसहित १८ जना सम्मानित भएका छन् । सम्मानित हुनेहरुमा रुलबहादुर आले, चिरञ्जीवी वाग्ले, चीनकाजी श्रेष्ठ, डा। मिनेन्द्र रिजाल, सुरेश आले मगर, अमरसिंह पुन, शिवलाल थापा मगर, प्रा।डा। श्रीरामप्रसाद उपाध्याय, बाबुराम सिंह थापा क्षेत्री, त्रिलोक सिंह थापा मगर र डा। हर्षबहादुर बुढा मगर रहेका छन् ।

त्यस्तै इतिहासकार प्राडा. तुल्सीराम वैद्य, चित्रकार टेकबीर मुखिया, गोरे बहादुर खपाङ्गी, क्याप्टेन यमबहादुर बुढाथोकी, लखन थापाका सन्तति बिनोद थापा मगर, क्रिपासुर शेर्पा, उच्च अदालत धनकुटाका न्यायाधीश रामबहादुर थापा पनि सम्मानित भएका छन् । सँगै नेपाल मगर संघलाई पनि सम्मान गरिएको छ । कदर पत्रले उनीहरुलाई सम्मान गरिएको हो ।

कार्यक्रमकै अवसरमा प्रतिष्ठानले सात बुदेँ मागसहितको ज्ञापन पत्र गृहमन्त्रीलाई बुझाएको छ । लखन थापालाई राष्ट्रिय विभूति घोषणा गर्नुपर्ने, थापासँगै मारिएका अन्य ६ जनालाई पनि शहीद घोषणा गर्नुपर्ने, थापाले शहादत प्राप्त गरेको दिन फागुन २ लाई राष्ट्रिय दिवसको रुपमा मनाइनु पर्ने र थापाको प्रेरणा मूलक जीवनी विद्यालय र विश्व बिद्यालयको पाठ्यक्रममा समावेश गर्नुपर्ने उनीहरुको माग छ ।

बुंकोटमा रहेको बिद्रोही किल्लाको उत्खनन र त्यहाँ रहेका पुरातात्विक सामग्रीहरुको समबर्धन र विकासका लागि आवश्यक योजना र बजेटको व्यवस्था गर्न पनि उनीहरुले माग गरेका छन् । प्रथम शहीदको नाममा संग्रहालयको निर्माण, राष्ट्रिय सम्मान तथा बिभूषणको घोषणा र आर्थिक सामाजिक पूर्वाधारहरुको निर्माण गरी प्रथम शहीदलाई आम रुपमा परिचित गराई सम्मानको वातावरण निर्माण गर्नुपर्ने उनीहरुको माग छ ।

लखन थापाको नाममा सरकारी प्रतिष्ठानको निर्माण गरी अध्ययन अनुसन्धान तथा तथ्य प्रमाणको दस्तावेजीकरण गर्ने व्यवस्था मिलाउन समेत ज्ञापन पत्रमार्फत माग गरिएको छ ।

प्रकाशित मिति : ४ आश्विन २०८०, बिहिबार  १० : ३१ बजे

बुटवल ईलिटमा पुरस्कार वितरण तथा सास्कृतिक कार्यक्रम

बुटवल । बुटवलको शैक्षिक विकासमा योगदान दिएको नीजि क्षेत्रकै पुरानो

सुदूरपश्चिममा तीव्र गतिको मोटरसाइकल दुर्घटना हुँदा तीनजनाको मृत्यु

सुदूरपश्चिम । धनगढी-डडेल्धुरा (भीमदत्त) राजमार्गअन्तर्गत कैलाली अत्तरियास्थित वनदेवी सडकखण्डमा शुक्रबार

नेपाल पत्रकार महासंघ रुपन्देहीको अपिल : निर्वाचनमा पत्रकारलाई भयरहित वातावरण सुनिश्चित गरियोस्

बुटवल । नेपाल पत्रकार महासंघ रुपन्देहीले भय रहित बातावरणमा आसन्न

घरदैलोसंगै प्रविधिमैत्री चुनावी प्रचारमा रुपन्देहीका सुरज पाण्डे

बुटवल । प्रतिनिधिसभा सदस्य निर्वाचन नजिकिरहदा उम्मेदवारहरु घरदैलोमा व्यस्त छन

कैलालीका चार स्थानमा अस्थायी मतदान केन्द्र निर्धारण

सुदूरपश्चिम । प्रतिनिधिसभा सदस्यको आसन्न निर्वाचनको तयारीका क्रममा कैलाली जिल्लाका