४ पुस २०८२, शुक्रबार | December 19, 2025

१४ दशमलव २ किलोभन्दा बढी क्षमताका सिलिण्डरमा ग्यास भरे उद्योगको कारोबार तीन महिना निलम्बन



काठमाडौं । नेपाल आयल निगमले तोकिएभन्दा बढी क्षमताको सिलिण्डरमा ग्यास भरे ग्यास उद्योगको कारोबार निलम्बन गर्ने चेतावनी दिएको छ । केही ग्यास उद्योगले १४ दशमलव २ किलोभन्दा बढी क्षमताका सिलिण्डरमा एलपी ग्यास भरी बिक्री गरेको समाचार सार्वजनिक भएपछि निमगले त्यस्तो कार्य तुरुन्त बन्द गर्न निर्देशन दिएको छ ।

निर्धारित तौलभन्दा बढी क्षमताका सिलिण्डरमा ग्यास भरी बिक्री गरेको पाइएमा एलपी ग्यास विनियमावली, २०६५ (संशोधनसहित) बमोजिमको कारबाही गरिने निगमका प्रवक्ता मनोज ठाकुरले जानकारी दिए ।

विनियमावलीको विनियम २९ मा निर्धारित तौल (१४ दशमलव २) अनुसार ग्यास बिक्री नगरेमा तथा निमगको निर्देशन पालना नगरेमा उद्योगसँगको कारोबार तीन महिनासम्मका लागि निलम्बन गर्न सक्ने व्यवस्था रहेको छ।

केही ग्यास उद्योगले बढी क्षमताका सिलिण्डरमा ग्यास भरी बिक्री वितरण गर्न अनुमति माग गरेका थिए । मौजुदा विनियमावलीअनुसार १४ दशमलव २ किलोभन्दा बढी क्षमताका सिलिण्डरमा ग्यास भर्न अनुमति दिन नसकिने भनी निगमले ती उद्योगलाई जानकारी गराएको थियो । निगमले १४ दशमलव २ किलोभन्दा अतिरिक्त क्षमताका सिलिण्डरको प्रयोग गर्नु गैरकानुनी भएको जनाएको छ । त्यस्ता सिलिण्डरको प्रयोग नगर्न निमगले उपभोक्तालाई अनुरोधसमेत गरेको छ ।

प्रकाशित मिति : ४ आश्विन २०८०, बिहिबार  १० : १५ बजे

हजुरआमाको हत्या अभियोगमा नाति पक्राउ

कास्की । पोखरामा आफ्नै हजुरआमाको हत्या अभियोगमा प्रहरीले नातिलाई पक्राउ

मधेश प्रदेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत, पक्षमा ९२, विपक्षमा शुन्य

जनकपुरधाम । मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ

काठमाडौँ । झुटो शेयर कारोबार गरेको आरोपमा आज प्रहरीको केन्द्रीय

६० सहसचिवको सरुवा को कहाँ ? (सूचीसहित)

काठमाडौँ । सरकारले ६० जना सहसचिवको सरुवा गरेको छ ।

गुल्मीमा १३ दिनपछि शवको पहिचान खुल्यो

गुल्मी । गुल्मीमा बेवारिसे भेटिएको शवको १३ दिनपछि पहिचान खुलेको