३ भदौ २०८३, बुधबार | August 19, 2026

तिलौराकोटमा सेनाको टोलीद्वारा सरसफाई शुरु



लुम्बिनी । कपिलवस्तु स्थित प्राचिन कपिलवस्तु दरबार (तिलौराकोट) क्षेत्रको सरसफाई शुरु गरिएको छ । लुम्बिनी बिकास कोषका उपाध्यक्ष डा. ल्याहारक्याल लामा (प्रथम योल्मो खेन्पो छिमे छिरिङ) ले पदस्थापना लगतै तिलौराकोटको निरीक्षण भ्रमण गरेर झाडी सफाईका लागि नेपाली सेनासँग समन्वय गरेपछि सरसफाई शुरुवात भएको हो ।

विहिबारदेखि नेपाली सेनाको शमसेर दल गण गोरुसिंगेबाट खटिएका ३५ जना सेनाको टोलीले प्राचिन कपिलबस्तु दरवार क्षेत्रमा सरसफाई गरेका हुन । यो टोलीले लगातार १५ दिनसम्म सरसफाई गरिने जनाइएको छ ।

उपाध्यक्ष डा. लामाले गौतमबुद्धले २९ बर्ष विताएको गृहनगर कपिलबस्तुको तिलौराकोट दरबार क्षेत्र ऐतिहासिक र बौद्धिष्टहरुको आस्थाको केन्द्र भएकाले सरसफाई गरी सौन्दर्यकरण गर्ने प्रतिबद्धता जनाएका थिए । उपाध्यक्षको प्रतिबद्धता अनुसार झाडी सफाईका लागि नेपाली सेनासँग समन्वय गरेर शुरुवात गरिएको कोषका कार्यकारिणी सदस्य गोपीकृष्ण शर्माले जानकारी दिए ।

गणका सहायक सेनानी रामचरण चौधरीको नेतृत्वको ३५ सदस्यिय टोलीले १५ दिन सम्म दरबार क्षेत्रमा सरसफाई गर्ने छ । आफुहरुले बिगतमा पनि यस क्षेत्रको सरसफाई गर्दै आएको र कोषको निर्देशन अनुसार सरसफाई कार्य गर्ने सहायक सेनानी चौधरीले बताए । उक्त अवसरमा लुम्बिनी विकास कोषका लेखा अधिकृत भिम बस्नेत, सुरक्षा प्रमुख खगेन्द्र काफ्ले लगायतको उपस्थिती रहेको थियो ।

तिलौराकोट दरबार क्षेत्रलाई प्रस्तुतीयोग्य बनाउन सेनाको सहयोगमा हरेक बर्ष सरसफाई गरिदै आएको कोषका तिलौराकोट कार्यालयका प्रमुख माधव प्रसाद आचार्यले बताए । बिश्व सम्पदा सुचीको प्रस्तावित साईट पनि भएकाले प्रस्तुतीयोग्य बनाउन सफाई कार्य गरिदै आएको आचार्यले स्पष्ट पार्नु भयो । तिलौराकोट दरबार राजा शुद्धोधनको गणराज्य तथा सिद्धार्थ गौतमले युवाअवस्था सम्म २९ बर्ष बिताएको स्थान हो ।

प्रकाशित मिति : ५ आश्विन २०८०, शुक्रबार  ७ : ५४ बजे

पत्रकार किशोर श्रेष्ठलाई पक्राउ नगर्न उच्च अदालतको अन्तरिम आदेश

काठमाडौं । उच्च अदालत पाटनले जनआस्था प्रकाशन प्रालिका अध्यक्ष तथा

प्रधानमन्त्रीद्वारा मन्त्रीहरूसँग कार्यसम्पादन सम्झौता

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहसँग मन्त्रीहरूले चालु आर्थिक वर्षमा गरिने

रास्वपा सांसदहरूले कुटाई खाने दिन आउन लागेको अमरेशकुमारको दाबी

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद अमरेशकुमार सिंहले पार्टीका सांसदहरूले

लोकतन्त्र संकटमा छ, अहिले वालेन्द्रतन्त्र स्थापित भएको छ : रामबहादुर थापा

काठमाडौं । नेकपा (एमाले) संसदीय दलका नेता रामबहादुर थापाले प्रधानमन्त्री

प्रेस काउन्सिलका चार सदस्यको शपथ

काठमाडौँ । प्रेस काउन्सिल नेपालका नवनियुक्त चार सदस्यले आज कार्यभार