२० माघ २०८२, मंगलबार | February 4, 2026

शाइन रेसुङ्गा बैंकले घडेरी किन्न एक करोडसम्म कर्जा दिने



बुटवल । शाइन रेसुङ्गा डेभलपमेण्ट बैंकले घर बनाउने सपना सांचेका सबैलाई घडेरी किन्न कर्जा दिने गरी ‘शाइन घडेरी कर्जा’ प्रोडक्ट लन्च गरेको छ । हरेक व्यक्तिको आफ्नै घर बनाउने सपना हुने तरसबैको घडेरी नहुने तथ्यलाई मध्यनजर गरेर बैंकले घडेरी कर्जा ल्याएको बैंकले जनाएको छ ।

घर बनाउने सपना साँचेका सबैलाई घडेरी किन्न कर्जा दिने गरी असोज १ गते लन्च भएको ‘शाइन घडेरी कर्जा’ योजनामा बैंकले एकजनालाई अधिकतम एक करोडसम्म कर्जा दिने भएको छ ।

२० वर्षे अवधिको यो कर्जाको ब्याजदर बेस रेटमा २ प्रतिशत रिस्क प्रिमियम जोडेर लिइने बैंकले जनाएको छ । कर्जा चुक्ता नहुन्जेलसम्म रिस्क प्रिमियममा कुनै परिवर्तन नहुने र खरिद गरेको घडेरीमा घर निर्माण गर्दा बैंकले थप कर्जा उपलब्ध गराउनेबैंकका कर्जा प्रमुख किरण नेपालले बताए ।

सरकारी र गैरसरकारी कर्मचारी, वैदेशिक रोजगारीमा रहेका नेपाली,उद्योगी, व्यवसायी र नियमित आम्दानी भएका कुनै पनी पेशासंग सम्बन्धित व्यक्तिहरुलाई लक्षित गरेर ‘शाइन घडेरी कर्जा’ प्रोडक्ट ल्याएको कर्जा प्रमुख नेपालले बताए ।

उक्त थप कर्जाको रिस्क प्रिमियम समेत २ प्रतिशतमात्र हुने नेपालले बताए । यो योजनालाई बैंकले घर बनाउने सपना पूरा गराउने पहिलो पाइला भनेको छ ।

यो कर्जा प्राप्त गर्न थप अचल सम्पति धितो नचाहिने र कर्जा प्राप्तिपछि किनेको घडेरी नै धितो राख्न मिल्ने नेपालले बताए । ‘धेरैजसो बैंकहरुले घर कर्जामामात्र फोकस गरेको सन्दर्भमा हामीले घर बनाउन आफ्नो घडेरी हुनुपर्ने पहिलो शर्तलाई मध्यनजर गरेर ‘शाइन घडेरी कर्जा’ प्रोडक्ट ल्याएका हौं’- कर्जा प्रमुख नेपालले भने- ‘नेपाल सरकारले समेत जग्गाको कित्ताकाट खुला गरेको अवस्थामा यो कर्जा योजनाले धेरै नेपालीले घडेरी किन्न सक्ने र यसले अर्थतन्त्रलाई थप चलायमान बनाउन कोशेढुंगा सावित हुने विश्वास बैंकले लिएको छ ।’

यो कर्जामा रिस्क प्रिमियम न्युन दरमा रहेको र घडेरी किनेपछि घर बनाउन पनि बैंकले कर्जा दिने भएकाले पनि यो कर्जा सबैका लागि बरदान सावित हुने बैंकको विश्वास छ ।

कर्जा योजना सार्वजनिक भएको तीन दिनमै देशभरका शाखाहरुमा कर्जा लिन चाहनेहरुबाट धेरै राम्रो रेस्पोन्स आएको कर्जा प्रमुख नेपालले बताए । २०६५ साल फागुन ११ गते स्थापना भएको शाइन रेसुङ्गा डेभलपमेण्ट बैंक लुम्बिनी प्रदेशमा केन्द्रिय कार्यालय रहेको एकमात्र राष्ट्रियस्तरको विकास बैंक हो ।

बैंकको पांच वटा प्रदेशका २० जिल्लामा ८८ वटा शाखा सञ्चालनमा रहेका छन् । बैंकले गत वर्ष बेस्ट म्यानेज्ड डेभलपमेण्ट बैंकको उपाधि जितेको थियो भने हालसालै इमर्जिङ एशिया डेभलपमेण्ट बैंकको उपाधि जितेको छ ।

बैंकले स्थापनाकालदेखि नै इथिकल बैकिङको अभ्यास र आर्थिक सुशासन कायम गर्दै अघि बढेकाले विकास बैंकहरुमा अग्रणी र सेवाग्राहीको रोजाईको बैंक बन्न सफल भएको प्रमुख कार्यकारी अधिकृत प्रकाश पौडेलले बताए ।

प्रकाशित मिति : ५ आश्विन २०८०, शुक्रबार  ७ : ५७ बजे

विदेशमा बस्ने नेपालीले देशको अर्थतन्त्र र सामाजिक विकासमा दिएको योगदान महत्त्वपूर्ण छ : राष्ट्रपति

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले जापानमा बस्ने नेपालीहरूले नेपाली अर्थतन्त्रलगायत

ललितपुरबाट पेस्तोलसहित तीन जना नियन्त्रणमा

काठमाडौँ । सशस्त्र प्रहरी बलले ललितपुरबाट आज पेस्तोलसहित तीन जनालाई

निर्वाचन सुरक्षाका लागि भोलि बुधबारदेखि सेना परिचालन

काठमाडौं । आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष र

समानुपातिकतर्फको अन्तिम बन्दसूची सार्वजनिक, ३१३५ उम्मेदवार कायम

काठमाडौं । निर्वाचन आयोगले आगामी फागुन २१ मा हुने प्रतिनिधिसभा

पोखरामा थुप्रियो फोहर, व्यवस्थापनमा चुनौती

गण्डकी । पर्यटकीय राजधानी पोखरामा केही दिनयता फोहर उठ्न सकेको