४ पुस २०८२, शुक्रबार | December 19, 2025

आन्दोलनरत शिक्षकहरूसँग वार्ता चार घण्टा पछि सर्‍यो



काठमाडौं, ५ असोज । आन्दोलनरत शिक्षकहरुसँग शुक्रबार बिहान ८ बजे गर्ने भनिएको वार्ता चार घन्टा पर सरेको छ ।

असोज ३ गतेदेखि देशैभरीका शिक्षकहरुले काठमाडौं केन्द्रित आन्दोलन गरे पछि सरकारले उनीहरुलाई वार्तामा बोलाएको थियो ।

बिहिबार बिहान र राति भएको वार्ता निष्कर्षविहीन भए पछि आज बिहान ८ बजेका लागि बोलाईएको थियो । तर, सो वार्ता अब १२ बजेसम्ममा सिंहदरबारमा हुनेछ ।

शिक्षकहरुको मागका बारेमा सरकारले आन्तरिक छलफल गर्न अझै बाँकी रहेको भन्दै थप समय मागेपछि वार्ता १२ बजेका लागि सारिएको हो । नेपाल शिक्षक महासंघका महासचिव लक्ष्मी किशोर सुवेदीको अनुसार यतिखेर सरकार र आन्दोलनरत शिक्षक दुबै आन्तरिक छलफलमा जुटेका छन ।

सो अघि कार्यवाहक प्रधानमन्त्री पूर्णबहादुर खड्कासहित, उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ तथा कानून, न्याय तथा संसदीय मामिला मन्त्री धनराज गुरूङ, शिक्षामन्त्री अशोक राइलगायतले बिहान एक चरण आन्तरिक छलफल गरेका थिए । सो छलफल पुर्ण नभएपछि थप समय माग गरिएको हो ।

प्रकाशित मिति : ५ आश्विन २०८०, शुक्रबार  १० : ३० बजे

देशभर स्थानीय उत्पादनको प्रयोगलाई बढावा दिऔँ : मन्त्री घिसिङ

पाटन । भौतिक पूर्वाधार तथा यातायातमन्त्री कुलमान घिसिङले देशभर स्थानीय

योजना र नतिजा विश्लेषण बिनाको खर्चले राज्यप्रति विश्वास घट्यो : उद्योगमन्त्री सिन्हा

काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री अनिलकुमार सिन्हाले योजना, प्राथमिकता

शुक्रबार सुनको मूल्य तोलामा २ हजारले घट्यो

काठमाडौं । नेपाली बजारमा शुक्रबार सुनको मूल्य तोलामा २ हजार

रवि लामिछाने रिहाइ प्रक्रियाका लागि रुपन्देही अदालत जाँदै

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने रिहाइको प्रक्रिया

नेपालगन्जमा शनिबारदेखि ‘क्रस बर्डर टुरिज्म कन्क्लेभ-२०२५’ हुँदै

नेपालगन्ज । बाँकेको नेपालगन्जमा शनिबार ‘नेपालगन्ज क्रस बर्डर टुरिज्म कन्क्लेभ