२३ चैत्र २०८२, सोमबार | April 6, 2026

अबदेखि भाइबरबाट पनि बससेवाको अनलाइन बस टिकट काट्न सकिने



काठमाडौ । अनलाइनबाट बस टिकट काट्न सकिने सेवा प्रदान गर्दै आएको बससेवा डटकमको टिकट अबदेखि रिकुटेन भाइबरबाट समेत काट्न सकिने भएको छ ।
बससेवा ट्राभल्स् र रिकुटेन भाइबरबीच एक कार्यक्रमका बिच अनलाइन बस टिकट काट्न सकिने सेवा दिनेबारे सुम्झौता भएको हो ।

सम्झौतापत्रमा बससेवाका प्रमुख कार्यकारी अधिकृत पिआर खनाल र रिकुटेन भाइबसका तर्फबाट निर्दृेशक तोशिहीको ओत्सुकाले हस्ताक्षर गरेका छन् ।
सम्झौतासँगै अबदेखि भाइबरको च्याटबक्स् मार्फत नेपालका कुनैपनि गन्तव्यको बस टिकट काट्न सकिनेछ । यात्रुहरूले भाइबरबाटै सहजै टिकट बुकिङ गर्न सक्नेछन् ।
सम्झौता कार्यक्रमममा बससेवाका प्रमुख कार्यकारी पि.आर खनालले भने ‘हामीले जहिले पनि यात्रुहरुलाई सहज हुने गरि सेवा प्रदान गर्दै आएका छौँँ । यात्रुलाई भाइबरबाट पनि टिकट काट्न सकिने सेवाले थप सहजता ल्याउनेछ भन्ने हाम्रो विश्वास रहेको छ ’ ।

बससेवा नेपालको एकमात्र अनलाइन बस टिकट विक्री गर्ने माध्यम हो । बससेवा टुर्स एण्ड ट्राभल्स् अन्तगर्तत रहेर बससेवा डटकम नेपालभरका अधिकांश रूटहरूमा सेवा प्रदान गर्दै आएको छ । साथै बससेवाले भारतका नयाँ दिल्ली, बोधगया, मुजफ्फरपुर लगायतका शहरमा समेत अनलाइन टिकट बुकिङ्ग सेवा प्रदान गर्दै आएको छ ।

प्रकाशित मिति : ५ आश्विन २०८०, शुक्रबार  २ : ५३ बजे

रुपन्देही उद्योग संघमा खाद्यान्न र कृषि तथा डेरी वस्तुगत समिति गठन

बुटवल । रुपन्देही उद्योग संघमा सोमबार दुई वटा बस्तुगत समिति

कार्यालय समय पालना भए/नभएबारे छड्के गर्न सतर्कता केन्द्रले खटायो टोली

काठमाडौं । राष्ट्रिय सतर्कता केन्द्रले सरकारको शासकीय सुधारसम्बन्धी योजनाअनुसार सार्वजनिक

लुम्बिनी प्रदेशसभा बैठक : सरकारप्रति प्रश्न र सुझाव

लुम्बिनी । लुम्बिनी प्रदेशसभाको आज बसेको बैठकमा प्रदेशसभा सदस्यहरूले समसामयिक

गौतमबुद्ध विमानस्थल सञ्चालनका लागि भारतसँग कुरा गर्न प्रधानमन्त्रीलाई वर्षमानको आग्रह

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीका नेता तथा पूर्वअर्थमन्त्री वर्षमान पुनले

तटस्थ, निष्पक्ष र समन्वयकारी भूमिका निर्वाह गर्ने सभामुख अर्यालको प्रतिबद्धता

काठमाडौं । प्रतिनिधिसभाका सभामुख डोलप्रसाद अर्यालले सङ्ख्याका आधारमा कुनै भेदभाव