७ आश्विन २०८३, बुधबार | September 23, 2026

पार्टीका सल्लाहकार मायालुको निधनमा प्रधानमन्त्रीबाट दुःख व्यक्त



काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष एवं पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टीका केन्द्रीय सल्लाहकार खेमराज भट्ट ‘मायालु’को निधनमा दुःख व्यक्त गरेका छन् । उनले दिवङ्गत मायालुप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजन र सहयोद्धामा समवेदना प्रकट गरेका छन् ।

पूर्वमन्त्री मायालुको फोक्सोको क्यान्सरका कारण गएराति ७३ वर्षको उमेरमा निधन भएको थियो । २०७० सालमा उनी एकीकृत नेपाल कम्युुनिष्ट पार्टी (माओवादी)मा समाहितभई केन्द्रीय सल्लाहकार बनेका थिए ।

यसैबीच, नेकपा (माओवादी केन्द्र)ले केन्द्रीय सल्लाहकार खेमराज भट्ट ‘मायालु’को निधनको खबरले सिङ्गो पार्टी पङ्क्ति मर्माहत भएको जनाएको छ । माओवादी केन्द्रका कार्यावहक अध्यक्ष नारायणकाजी श्रेष्ठले आज एक वक्तव्य जारी गर्दै दिवङ्गत मायालुप्रति श्रद्धाञ्जलि र शोकसन्तप्त परिवारजनमा समवेदना प्रकट गरेका छन् ।

मायालुले डडेलधुराबाट बर्दियाको दौलतपुरमा बसाइँ सरी नेपाली कांग्रेसबाट राजनीति सुरु गरेका थिए । निरङ्कुश पञ्चायती व्यवस्थाका विरुद्ध सक्रिय राजनीति गर्दा उनी जेल परे। उनले आठ वर्षसम्म जेल जीवन बिताएका थिए । नक्खु जेलमा रहँदा गणतन्त्रवादी नेता रामराजाप्रसाद सिंहसँग उनको भेट भयो । जेलमा नेपाली कांग्रेसका सन्त नेता कृष्णप्रसाद भट्टराई पनि हुनुहुन्थ्यो तर उनी रामराजा प्रसाद सिंहसँग प्रभावित भएका थिए ।

विसं २०३२ तिर छापामार युद्धबाट देशमा गणतन्त्र स्थापना गर्न रामराजाप्रसाद सिंहको नेतृत्वमा सक्रिय भए । त्यसै सन्दर्भमा सिंहको नेतृत्वमा जनवादी मोर्चा गठन भयो । उनी मोर्चाको महासचिव बनेका थिए । गणतन्त्र स्थापनका लागि २०४२ सालमा बमकाण्ड जनवादी मोर्चाकै अगुवाइमा भएको थियो । तत्पश्चात् गणतन्त्र स्थापनार्थ १४ वर्ष निर्वासन र भूमिगत जीवन बिताए । पञ्चायती शासकले उहाँलाई आजीवन कारावास र सर्वस्वहरणको सजाय सुनाएको थियो ।

विसं २०४६ को जनआन्दोलनबाट पुनस्र्थापित बहुदलीय व्यवस्थामा उहाँ पुनः नेपाली कांग्रेस प्रवेश गरे । २०५६ सालमा नेपाली कांग्रेसका तर्फबाट बर्दियाबाट प्रतिनिधिसभामा निर्वाचित भए । २०५९ सालमा सामान्य प्रशासनमन्त्री बने । २०७० सालमा उनी एकीकृत नेकपा (माओवादी)मा समाहित भएका थिए ।

मायालुको ७३ वर्षको उमेरमा गएराति उपचारका क्रममा वीर अस्पतालमा निधन भएको थियो । उनी लामो समयदेखि फोक्सोको क्यान्सर रोगबाट पीडित थिए। भट्टको जन्म विसं २००७ असार १९ गते डडेलधुराको भागेश्वर गाउँपालिका डुमरीमा भएको थियो । उनले त्रिभुवन विश्वविद्यालयबाट राजनीतिक शास्त्रमा स्नातकोत्तर उत्तीर्ण गरेका थिए ।

प्रकाशित मिति : ५ आश्विन २०८०, शुक्रबार  ५ : २८ बजे

काठमाडौं विश्वविद्यालयका संस्थापक उपकुलपति सुरेशराज शर्माको निधन

काठमाडौं । काठमाडौं विश्वविद्यालय (केयू)का संस्थापक उपकुलपति प्रा।डा। सुरेशराज शर्माको

फ्लाई दुबईको पोखरा–दुबई रुटमा उडान सुरु

पोखरा । फ्लाई दुबईले आजदेखि सुरू गरेको दुबई–पोखरा–दुबई नियमित व्यावसायिक

कान्ति राजमार्ग र भैँसे-भीमफेदी-कुलेखानी सडकमा राति सवारी सञ्चालन रोक

हेटौँडा । भारी वर्षाका कारण बाढी तथा पहिरोको जोखिम बढ्न

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि बुटवलमा हुने

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि

३६ दशमलव २५ अङ्कले घट्यो नेप्से परिसूचक

काठमाडौं । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज