९ फाल्गुन २०८२, शनिबार | February 21, 2026

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आसपासमा चङ्गा, ड्रोन, बेलुन नउडाउन क्यानको आग्रह



काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)ले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आसपासमा चङ्गा, ड्रोन, बेलुनलगायत नउडाउन आग्रह गरेको छ ।

विमानस्थल क्षेत्रमा पटक–पटक चङ्गा, ड्रोन, बेलुन उडाउने गरेको पाइएको र यसबाट उडान सुरक्षामा गम्भीर असर पर्न सक्ने भएकाले सो कार्य नगर्न सबैमा आग्रह गरिएको नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) का प्रवक्ता तथा उपमहानिर्देशक जगन्नाथ निरौलाले जानकारी दिए ।

उनले भने, “विमानस्थल क्षेत्र आसपासमा पहिलेदेखि नै चङ्गा, ड्रोन, बेलुन उडाउन निषेध गरिएको छ, दसैँ तिहार लगायतका चाडपर्व नजिकिदै गएकाले उक्त समयमा चङ्गा, ड्रोन, बेलुन उडाउने कार्य नहोस् भन्नका लागि आग्रह गरिएको हो ।”

प्राधिकरणले आज विमानस्थल क्षेत्र आसपासमा उडान तथा अवतरणको समयमा पटक–पटक चङ्गा, ड्रोन, बेलुन उडाउने गरेको पाइएको र यसबाट उडान सुरक्षामा गम्भीर असर पर्न सक्नेतर्फ सचेत रहन अनुरोध सहितको एक सूचना प्रकासित गरेको छ ।

चङ्गा, ड्रोन, बेलुन, लेजर लाइटले उडान सुरक्षामा पार्ने जोखिमतर्फ ध्यान दिएर यस्ता गतिविधि नगर्न र नगराउन सम्बन्धित सबैलाई सूचनामार्फत सूचित गरिएको छ । यसैगरी प्राधिकरण आग्रहलाई अटेर गरी यस्ता काम गरेमा कानुनअनुसार कडा कारबाही गरिने प्रवक्ता तथा उपमहानिर्देशक निरौलाले बताए ।

प्रकाशित मिति : ५ आश्विन २०८०, शुक्रबार  ८ : १६ बजे

बुटवल ईलिटमा पुरस्कार वितरण तथा सास्कृतिक कार्यक्रम

बुटवल । बुटवलको शैक्षिक विकासमा योगदान दिएको नीजि क्षेत्रकै पुरानो

सुदूरपश्चिममा तीव्र गतिको मोटरसाइकल दुर्घटना हुँदा तीनजनाको मृत्यु

सुदूरपश्चिम । धनगढी-डडेल्धुरा (भीमदत्त) राजमार्गअन्तर्गत कैलाली अत्तरियास्थित वनदेवी सडकखण्डमा शुक्रबार

नेपाल पत्रकार महासंघ रुपन्देहीको अपिल : निर्वाचनमा पत्रकारलाई भयरहित वातावरण सुनिश्चित गरियोस्

बुटवल । नेपाल पत्रकार महासंघ रुपन्देहीले भय रहित बातावरणमा आसन्न

घरदैलोसंगै प्रविधिमैत्री चुनावी प्रचारमा रुपन्देहीका सुरज पाण्डे

बुटवल । प्रतिनिधिसभा सदस्य निर्वाचन नजिकिरहदा उम्मेदवारहरु घरदैलोमा व्यस्त छन

कैलालीका चार स्थानमा अस्थायी मतदान केन्द्र निर्धारण

सुदूरपश्चिम । प्रतिनिधिसभा सदस्यको आसन्न निर्वाचनको तयारीका क्रममा कैलाली जिल्लाका