४ पुस २०८२, शुक्रबार | December 19, 2025

प्रधानमन्त्री प्रचण्ड र राष्ट्रपति सी बीच औपचारिक भेटवार्ता

नेपाल र चिनियाँ शीर्ष प्रतिनिधिमण्डलबीच हाङ्जाओमा द्विपक्षीय वार्ता



काठमाडौं । चीन भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र चिनियाँ राष्ट्रपति सी चिनफिङको उपस्थितिमा नेपाल र चीनका प्रतिनिधिमण्डलबीच द्विपक्षीय वार्ता भएको छ ।

चीनको हाङ्जाओस्थित एक होटलमा वार्ता भएको हो । यसअघि राष्ट्रपति सीले आयोजना गरेको स्टेट ब्यान्क्वेटमा प्रधानमन्त्री प्रचण्डको संक्षिप्त भेट भएको थियो ।

द्विपक्षीय वार्तामा प्रधानमन्त्री प्रचण्ड, परराष्ट्रमन्त्री नारायणप्रकाश साउद लगायतका सहभागी छन् ।

प्रधानमन्त्री प्रचण्ड हाङ्जाओबाट भोलि राजधानी बेइजिङ जाने कार्यक्रम रहेको छ । बेइजिङमा सेप्टेम्बर २५ मा चिनियाँ समकक्षी लि छियाङसँग उनले द्विपक्षीय वार्ता गर्नेछन्। यसैगरी उनले चिनियाँ राष्ट्रिय जनकङ्ग्रेसका स्थायी समिति अध्यक्ष झाओ लेजीसँग पनि भेटवार्ता गर्ने कार्यक्रम रहेको छ ।

प्रधानमन्त्री प्रचण्डको सम्मानमा बेइजिङस्थित नेपाली राजदूतावासले रात्री भोजको आयोजना हुनेछ । बेइजिङमा आयोजना हुने चीन–नेपाल लगानी सम्मेलनलाई उनले सम्बोधन गर्ने कार्यक्रम छ।

बेइजिङबाट प्रधानमन्त्री प्रचण्ड २६ सेप्टेम्बरमा चीनको चोङछिङ पुग्नेछन् । उनले त्यहाँ कृषि र औद्योगिक क्षेत्रमा गरेको विकासको अवलोकन गर्नेछन् । त्यसपछि उनी तिब्बत स्वशासित क्षेत्रको ल्हासाको भ्रमण गर्नेछन् । प्रधानमन्त्री प्रचण्ड ल्हासाबाट सेप्टेम्बर ३० मा काठमाडौं फर्किनेछन् ।

प्रकाशित मिति : ६ आश्विन २०८०, शनिबार  ४ : ०० बजे

हजुरआमाको हत्या अभियोगमा नाति पक्राउ

कास्की । पोखरामा आफ्नै हजुरआमाको हत्या अभियोगमा प्रहरीले नातिलाई पक्राउ

मधेश प्रदेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत, पक्षमा ९२, विपक्षमा शुन्य

जनकपुरधाम । मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ

काठमाडौँ । झुटो शेयर कारोबार गरेको आरोपमा आज प्रहरीको केन्द्रीय

६० सहसचिवको सरुवा को कहाँ ? (सूचीसहित)

काठमाडौँ । सरकारले ६० जना सहसचिवको सरुवा गरेको छ ।

गुल्मीमा १३ दिनपछि शवको पहिचान खुल्यो

गुल्मी । गुल्मीमा बेवारिसे भेटिएको शवको १३ दिनपछि पहिचान खुलेको